विपन्न परिवारलाई बुटवल जेसीजको सहयोग (चाैथाे कार्यक्रम)
2020-04-12 / 2020-04-12     01:00:00pm - 02:00:00pm    
Location : Butwal Organized By : JCI Butwal


लाई
महासचिव ज्यू                                 निरुपित EVP & VP ज्यू
नेपाल जेसीज                                            नेपाल जेसीज
थापाथली, काठमाडौ                             थापाथली, काठमाडौ

कार्यक्रम :       राहत वितरण   
क्षेत्र :           सामुदायिक
संयोजक :    जेसी आविश्कार खनाल
स्थान :       बुटवल वडा नं ११
मिति :       २०७६ चैत्र ३० गते आइतवार 12 Ap., 2020 
सहभागी :    जम्मा : २५ जना
उद्देश्यः
दिगो विकास लक्ष्यको शुन्य भोक अन्तरगत लकडाउनको कारण प्रभावित वर्गको लागि खाद्यान्न वितरण गर्ने ।

पृष्ठभुमी :
बुटवल जेसीजले कोरोना संक्रमण फैलिन नदिन जनचेतना मुलक कार्यक्रम संगै लडडाउनको कारण प्रभावित वर्गलाई राहत वितरणको कार्यक्रमलाई पनि तिव्रता दिएको छ । बुटवल जेसीजले चैत्र ३० गते बुटवलमा कोरोना सम्वन्धि चौथो कार्यक्रम सम्पन्न गरेको हो । बुटवल जेसीज वर्ष २०२० का अध्यक्ष जेसी राजिव गौतमले प्रभावित वर्गको हातमा नै सहयोग पुराउने लक्ष्य राखेको कारण विभिन्न जिल्ला तथा शहरहरुबाट प्रभावित वर्गले राहतको लागि सहयोगको आग्रह गरि रहेका छन । 

सोही सन्दर्भमा बुटवल जेसीजले राहत वितरणको कार्यक्रमलाई चौथो चरणमा पनि निरन्तरता दिएको छ । राहत वितरणको चौथो कार्यक्रम बुटवल उपमहानगर पालिका वडा नम्वर ११ कालिका नगरमा सम्पन्न भएको छ ।  Sustainable Development Goals को Goal : 2 Zero hunger अन्तरगत रहेर बुटवल ११ मा १० परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।

कार्यक्रमको मुख्य भाग :
बुटवल जेसीजले राहत वितरणको कार्यक्रमलाई निरन्तरता दिएको छ । कोरोना भाइरसको उच्च जोखिमबाट बच्न र यसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका दैनिक ज्याला मजदुरी गर्ने, गरिव तथा विपन्न परिवारलाई राहत वितरण गरिएको बुटवल जेसीजका अध्यक्ष जेसी राजिव गौतमले बताउनु भयो ।
कोरोना विरुद्धको लडाईमा बुटवल जेसीजको यो चौथो कार्यक्रम भएको बताउँदै उहाँले भन्नु भयो दिगो विकास लक्ष्यको शुन्य भोक अन्तरगत जेसीज आस्थालाई शिरोधार्य गर्दै खाद्यान्न वितण गरिएको हो । 

 
नव वर्षको पुर्व सन्ध्यामा चैत्र ३० गते बुटवल उपमहानगरपालिका वडा नम्वर ११ जुनकिरी टोलमा रहेका १० परिवारका  राहत वितरण गरिएको हो । प्रत्येक घरधुरीलाई १० किलो चामल र १ किलो दाल वितरण गरिएको बुटवल जेसीजका महासचिव जेसी हरिविक्रम कुँवरले बताउनु भएको छ । जुनकिरी टोल विकास संस्थाका सभापति नेत्र भट्टराईले १० परिवारका झण्डै ५० जनालाई  खानाको लागि चामल र दालको ब्यवस्था गरेकोमा बुटवल जेसीजलाई धन्यवाद दिनु भएको थियो । बुटवल जेसीजका, महासचिव जेसी हरिविक्रम कुवर, कोषाध्यक्ष जेसी भेषराज गैरे, जेसीआई बुटवल एकेडेमी २०२० का निर्देशक  तथा कार्यक्रम स‌ंयोजक जेसी आविश्कार खनाल, नेपाल जेसीजका प्रशिक्षक जेसी रमेश अर्याल लगाएतको उपस्थितीमा राहत हष्तान्तरण गरिएको हो ।


यस अघि बुटवल जेसीजका अध्यक्ष जेसी राजिव गौतमको नेतृत्वमा कोरोना सम्बन्धि जनचेतना मुलक कार्यक्रम, सम्वन्धित निकाएलाई ज्ञापनपत्र वुझाउने तथा जनहितको लागि सार्वजनिक सुचना प्रकाशन प्रसारण र लकडाउनको कारण प्रभावित ८० परिवारलाई खाद्यान्न वितरण लगाएतका कार्यक्रम सम्पन्न गरि सकेको छ । बुटवल जेसीजले चैत्र ३० गते सम्पन्न गरेको कार्यक्रम कोरोना सम्बन्धि चौथो कार्यक्रम हो ।

प्राप्त उपलब्धि :
१. खाद्यान्न अभावको कारण अभावमा रहेका परिवारलाई राहत पुराउनु ।
२. लकडाउनकै समयमै भए पनि नववर्षको पुर्व सन्धामा चाड मनाउन अलपत्र परेका ति परिवारका बालवच्चामा मिठोमसिनो खाने अवसर जुटाउनु ।

सिकाई :

आगामी दिनमा पनि राहत वितरण गर्नु पर्ने अवस्था रहेकोले अन्य संस्थाहरुसंग सहकार्यलाई जोड दिनु ।

मुल्याङकन :

वास्तविक रुपमा प्रभावितहरुलाई राहत वितरण गरेकामा टोल सभापति तथा नागरिक अगुवाहरुले बुटवल जेसीजको प्रशंसा गरेको कारण कार्यक्रम उत्कृष्ट भएको मुल्याङकन गरिएको छ ।

सुझाब तथा सिफारीस :

आगामाी दिनमा पनि राहत वितरणलाई निरन्तरता दिन सुझाव प्राप्त भएको छ ।

JCI Events Archive