Home to Home Doctor , Abhiyaan
2020-04-01 / 2020-04-16    
Location : Banganga municapility Organized By : JCI Kapilvastu


       कपिलवस्तु जेसीजले विगत दुई हप्ता देखि संचलन गरेको घरघरमा डक्टर अभियान को पहिलो चरण का कार्यक्रम सम्पन गरेको छ । कोरोना भाईरस प्रति नागरिकहरुमा पैदा भएका डर र त्रास लाई चिर्न कपिलवस्तु बाणगंगा नगरपालिका का ११ वटै वडाहरुमा अभियान संचालन गरिएको थियो । नागरिकलाई कोरना भाईरस प्रति जानकारी गराउने र कोरोनाका लक्षण, र यस बाट वच्ने उपायहरुका बारे सचेतना गर्ने उदेश्यले घरघरमा डाक्टर अभियान संचालन गरिएको कपिलवस्तु जेसीजका अध्यक्ष मनोज कुमार खत्रीले जानकारी गराए । अभियानमा कपिलवस्तु सामुदायिक अस्पतालकाको प्राविधिक सहयोगमा डाक्टर दिपेन्द्र चन्द, पारामेडिक्स दुर्गा भुषाल , सन्तोष खनाल साथै सम्बन्धित वडा का जनपर्तिनिधिहरु , स्थानीय समाजसेवी सहित घरघरमा डाक्टर अभियान मार्फत जेसीजले कोरना भाईरस प्रति नागरिकहरुको मन मा भएका डर र त्रास लाई न्यूनिकरण गर्ने प्रयासको थालनी गरेको थियो । चिकित्सकको टोलि सहित घरघर पुगेर कोरोनाका लक्षणवारे सचेतना फैलाउने र आम नागरिकहरुको स्वास्थ्य परिक्षण गर्न सम्बन्धित वडा कार्यालयहरुले सहयोग गरेका थिए । अभियान मा सबैको साथ पाउदा कपिलवस्तु जेसीजमा आवद्ध युवाहरमा थप हौसाल दिएको जेसीज अध्यक्ष मनोज कुमार खत्रीले बताए । अभियान अन्तर्गत नगरको ११ वटै वडाका २ हजार ३ सय घरधुरीले प्रत्येक्ष लाभ लिएका छन् । उनीहरमा कोरोना भाइरस वारेमा जानकारी र सचेतना बढेको विस्वास छ अध्यक्ष खत्रीले भने । अभियानकै क्रममा स्वास्थ्य परिक्षण सगै सावुन समेत वितरण गरिएको थियो । कोरोना भाईरसको संक्रमण फैलिन नदिन, रोकथाम तथा सचेतनाका लागि गत चैत्र १९ गते बाट बेशाख ३ सम्म अभियान संचालन गरिएको थियो । अभियान वडा न १ मा पहिलो चरणको अभियान सम्पन गरिएको जेसीज महासचिब प्रविन पौडेलले जानकारी गराए । अभियानका दौरान बाणगंगा नगरपालिका मेयर मंगल प्रसाद थारु उपमेयर चक्रपाणी अर्याल वडा अध्यक्ष बाल कुमारी पन्थ अधिकारी , बिष्णु पौडेल ,सन्तराम रौतार , गणेश बहादुर क्षेत्रि , भिष्म राज भुसाल , सुकदेव थारु , बिष्णु गिरि , गुणनिधि भुसाल , धुर्ब बेल्बासे , रामबिहारी थारु , सोमनाथ अर्याल तथा कपिलबस्तु जेसिजका पुर्व अध्यक्ष उमानाथ पौडेल , गोपालमणि ज्ञवाली , कृष्ण राज अर्याल , पोस्टराज गौतम , रुकबहादुर भुसाल , अनुराग पाण्डे , सुन्दर पाण्डे सस्थापक महाचिब दोलाकराम घिमिरे तथा कपिलबस्तु जेसिजका सदस्यहरुको सक्रिय सहभागिता रहेको  कपिलवस्तु जेसिजका अध्यक्षका प्रमुख कार्यकारी सहायक अमृत घिमिरेले जानकारी दिए । अभियानले कपिलबस्तु जेसिजमा अझै उर्जा थपिएको र केहि दिन मै सामाजिक दुरी कायम राखी समुदाय लक्षित अन्य कार्यक्रम संचालन गर्ने अध्यक्ष खत्रीले जानकारी गराएका छन्

JCI Events Archive