Fund transfer of corona fund
2020-04-08 / 2020-04-08     01:33:00am - 02:00:00am    
Location : Bhairahawa Organized By : JCI Siddhartha Lady


मिती२०७६/१२/२६ गते बुधबार
    विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपाल पनि आज लकडाउनको १६औं दिनमा पुगिसकेको छ। यो जटिल र महामारीको समयलाई मध्यनजर गर्दै , हामी भारत र नेपाल बिचको सिमाना मा नै रहेको हुनाले १६० भारतीय दाजुभाई दिदिबहिनीलाई निमा स्मृति प्रतिस्ठान क्वारेन्टाइन मा बस्नुभएकाहरुलाई खानाको व्यवस्था जेसीआई सिद्धार्थ लेडी, नेपाल परिवार को तर्फबाट यस सिद्धार्थ नगरपालिका का नगर प्रमुख श्री हरिअधिकारी ज्यु साथै उप प्रमुख श्रीमती उमा काफ्ले ज्युको सहभागीमा नगद रु. २५,५५५ प्रदान गरियो ।

" मानवताको सेवा नै जिवनको सर्बोत्तम कार्य हो " भन्ने जेसिजको मुल मन्त्रलाई आत्मसाथ गर्दै तथा थोपा थोपाले नै घडा भरिन्छ भनेझै यस विषम परिस्थिति मा आफुले सक्दो सहयोग गरि यस संस्था मार्फत सहयोग गर्नुहुने सम्पुर्ण जेसीआई सिद्धार्थ लेडीका धरोहर पुर्व-अध्यक्ष ज्युहरु , बोर्ड का साथिहरु तथा साधारण सदस्य ज्युहरुलाई मेरो व्यक्तिगत तर्फबाट र वर्ष २०२० का अध्यक्ष जेसी तुलसा भुषाल पाण्डेज्यु लगाएत सम्पुर्ण जेसीआई सिद्धार्थ लेडी परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौ । धन्यवाद
           
      

JCI Events Archive