तुल्सिपुर नगरले ७१अलपत्र यात्रुलाई उदार
2020-04-18 / 2020-04-18     07:00:00am - 11:00:00pm    
Location : Tulsipur 5 dang Organized By : JCI Tulshipurnagar


तुलसीपुरका विभिन्न ठाउँबाट नवलपरासी कामको शिलशिलामा गएका ६४ जना मानिसलाई तुलसीपुरमा ल्याइएको छ।

रोजगारीको सिलसिलामा पोखरा, गोरखा, सिन्धुपाल्चोक,धादिङ्ग काठमाडौ पुगेका विभिन्न कामदारहरुलाई नवलपरासीबाट उद्दार गरिएको हो । उनीहरुलाई त्रिसिवद्ध यातायात प्रा लिका अध्यक्ष सुरेश हमाल उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावत वडा नं.५का वडा अध्यक्ष विरेन्द्र शाह र मोहन सुनारको पहलमा तुलसीपुर ल्याईएको छ। नवलपरासीमा अलपत्र अवस्थामा रहेका ६४ जना विभिन्न जिल्लाका भएकाले सम्वन्धित जिल्लामा सहकार्य गरि उनीहरुलाई गन्तव्यमा पुर्‍याईने छ । अलपत्र परेका यात्रुका वारेमा सम्वन्धित जिल्लामा खवर गरेर उनीहरुको स्वस्थ्य अवस्थालई मध्यनजर गरि उनीहरुको घरमा पुर्‍याईने छ ।


JCI Events Archive