राहत वितरण कार्यक्रम
2020-04-03 / 2020-04-30     07:00:00am - 09:00:00am    
Location : ghorahi sub-metropolitan city Organized By : JCI Tribhuwannagar


राहत वितरण कार्यक्रम

त्रिभुवननगर जेसीजले लकडाउनको समयमा समस्यामा परेका दैनिक मजदुरी गरि खाने मजदुर, अति बिपन्न परिवारहरुलाई सात लाख बढीको खाद्यान्न सहयोग गरेको छ । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका परिवारलाई त्रिभुवननगर जेसीजको पहलमा संकलित ७ लाख ४४ हजार आठ सय रुपैयाँको खाद्यान्न सहयोग गरेको हो ।
कार्यक्रमको नाम ः राहत वितरण कार्यक्रम
मिति ः २०७६ फागुन देखि २०७७ वैशाख
स्थान ः घोराही उपमहानगरपालिकाका विभिन्न वडाका विभिन्न टोलहरु
अध्यक्षताः जेसी माधव प्रसाद पौडेल, अध्यक्ष–२०२०, जेसीआई त्रिभुवननगर
कार्यक्रम उद्देश्य ः दैनिक मजदुरी गरि खाने मजदुर, अति बिपन्न परिवारहरुलाई राहत प्रदान गर्नु ।
लाभान्वित संख्या ः ६०५ बढी लकडाउन पीडितहरु
कार्यक्रमका सहभागीहरु ः स्थानीय सरकारका प्रतिनिधिहरु, प्रहरी, प्रशासन र टोलका प्रतिनिधिहरु
उपलब्धि ः विश्वव्यापी फैलिएको कोरोना भाइरस (Covid-19) रोकथामको लागि नेपाल सरकारले चालेको कदम मध्य lock down लाई आत्मसाथ गर्दै नेपाल जेसीज एक जिम्मेवार संस्था तथा हामी युवाहरु यस देशका जिम्मेवार नागरिक भएको हैसियतले आज देशको यस असहज परिस्थितिमा हामी पनि सामेल बन्दै save your family, friends & future अन्तर्गत मानवताको सेवा जीवनको सर्वाेत्तम कार्य हो भन्ने जेसीज आस्था अनुरुप देशको वर्तमान अवस्थामा दैनिक ज्याला, मजदुरी कार्य गरी आफ्नो जीविकोपार्जन गर्ने समाजमा धेरै अति विपन्न वर्गका मानिसहरु रहेको र यस विपदको घडिमा उहाँहरुलाई Sustainable Developments Goal अन्तर्गत रहेको Goal No. 02, Zero Hunger अनरुप कोही पनि खानाबाट बञ्चित हुनु नपरोस् ।

सहयोग राशी ः जेसीजका पदाधिकारी, सदस्य, पूर्व अध्यक्ष तथा समाजका विभिन्न दातृ निकाय, व्यक्तित्वबाट नगद तथा खाद्यान्न सामग्रीहरु करीब ७ लाख ४४ हजार ८ सय ।

JCI Events Archive