राहत सामग्री बितरण कार्यक्रम
2020-04-01 / 2020-04-01     11:00:00am - 01:00:00pm    
Location : इटहरी वार्ड नं -१० Organized By : JCI Itahari


चीनको बुहान शहरबाट शुरुवात हुदैं विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) प्रकोप संक्रमण रोकथामका लागि देशव्यापी रुपमा लकडाउनका कारण दैनिक ज्यालादारी मजदुरी मात्रका भरमा परिवार पाल्ने घरपरिवारलाइ दैनिक उपभोग्य वस्तुको अभावले भोकै बस्नु पर्ने अवस्थालाई मध्यनजर गर्दै इटहरी जेसिजद्वारा इटहरी वार्ड नं. १० का वडा अध्यक्ष श्री प्रकाश चौधरी ज्यूलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ। उक्त सामाग्री इटहरी जेसिजका अध्यक्ष जेसि माधव भट्टराई ज्यूले वडा अध्यक्षज्युलाई हस्तान्तरण गर्नुभएको थियो । जसमा चामल,दाल,नुन,तेल लगायतका अत्यावश्यक खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको उक्त कार्यक्रमको संयोजन इटहरी जेसिजका सामुदायिक क्षेत्रका उपाध्यक्ष जेसि मिशन पराजुलीले गर्नुभएको थियो । "कि मानवताको सेवा जिवनको सर्वोत्तम कार्य हो" भन्ने मुल मन्त्र लाई आत्मसात गर्दै र SDG अन्तरगत रहेको Goal No. 2 - ZERO HUNGER लाई मध्यनजरमा राखि तथा नेपाल सरकारको राहत वितरण नियमावली 'एकद्वार राहत वितरण प्रणालि' अनुसार इटहरी जेसिजले खाद्यान्न सामाग्री वितरण गरेको हो।

JCI Events Archive