“47th Lom foundation day”
2020-03-07 /     06:30:00am - 09:30:00am    
Location : Jaycees Bhawan, Biratnagar Organized By : JCI Biratnagar


विराटनगर जेसीजको ४७औ स्थापना दिवस ( 47th LOM Foundation Day) शनिवार जेसीज सचिवालयमा सम्पन्न भएको छ।
नेपाल जेसीजको पुर्व राष्ट्रीय अध्यक्ष फुल कुमार लालवानीज्युको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा नेपाल जेसीजको राष्ट्रीय अभियानका संयोजक जेसी श्याम सुन्दर पौडेल ( मिलन) ज्यु, विराटनगर जेसीजका पुर्व अध्यक्ष क्लवको अध्यक्ष डा. सन्देश दास श्रेष्ठ ज्यु, वोर्ड अफ ट्रष्टका अध्यक्ष ज्यु लगयात विभिन्न पुर्व अध्यक्षज्युहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।
कार्यक्रममा पुर्व अध्यक्ष द्वय १९९८ का अध्यक्ष टिकाराज ढकाल, १९९५ का शिव नारायण प्रधान र १९८४ का अध्यक्ष घनश्याम राठी ज्युलाई भवन निर्माण तथा संभारमा भुमिका खेलेकोमा सम्मान गरेको थियो।
कार्यक्रममा विभिन्न रमाईलो कार्यक्रम गर्दै पुर्वअध्यक्ष , अतिथीहरु तथा अध्यक्ष ज्युले आफ्नो भनाई राख्नुभएको थियो।
कार्यक्रम संयोजक जेसी पंकज सापकोटा ज्यु रहनु भएको थियो।

भवदिय,
जेसी अभिनास थापा
महासचिव-२०२०
विराटनगर जेसीज

JCI Events Archive