“ Relief Distribution & Awareness to Rural community “
2020-04-04 /    
Location : Bijaypur, Biratnagar-1,morang Organized By : JCI Biratnagar


विराटनगर जेसीजले विराटनगर महानगरपालिका वार्ड न. १ को विजयपुर नया वस्तीमा रहेका ६० भन्दा वढी परिवारलाई एक हप्ता वरावरको रासन वितरण गरेको छ।

जसमा विराटनगर जेसीजको सदस्यहरुले अनलाईन वैंकिग मार्फत आफ्नै पुर्व अध्यक्ष, वोर्ड सदस्य तथा सदस्यहरुवाट संकलन गरी राहत वितरण गरेका हुन। साथै विराटनगर जुनियर जेसीजको पनि विशेष सहयोग रहेको थियो।

सो क्रममा ६०० केजी चामल, १५० केजी दाल तथा एक हप्तालाई पर्याप्त हुने गरि नुन, तेल, आलु , सावुन लगायत सामाग्री समावेश गरिएको थियो।

सो क्रममा अध्यक्ष उज्जवल खरेल , पुर्व अध्यक्ष श्याम सुन्दर पौडेल,टिपी आचार्य, सेवक वजगाईको उपस्थिती मा सबैलाई हात धुन, सामाजिक दुरी कायम राख्न, लगायत कोरानाको सचेतना जानकारी गराईएको थियो।
सो वितरण गर्दा जेसीजले ४-४ फिटको दुरीमा रेखाकंन गरी सो दुरीमा राहत वितरण गरि प्रत्येक व्यक्ति-व्यक्ति वीचको दुरीको अभ्यास गराएको थियो।

सो कार्यक्रमको संयोजन जेसी विकास रौनियार ज्युले गर्नु भएको थियो।

भवदिय ,
जेसी अभिनास थापा
महासचिव-२०२०
विराटनगर जेसीज

JCI Events Archive