"story of a life" Webinar कार्यक्रम
2020-05-07 / 2020-05-07     02:00:00pm - 05:45:00pm    
Location : Itahari - ZOOM CLOUD MEETINGS APP Organized By : JCI Itahari


इटहरी जेसिजद्वारा आयोजित  "STORY OF A LIFE " एकदिने Webinar कार्यक्रम संम्पन्न भएको छ | यस  Webinar कार्यक्रममा नेपाल भरि र विदेश बाट गरि २९५ जनाले प्रत्यक्ष रुपमा zoom app मार्फत सहभागीता जनाएको कार्यक्रमका स्रोत व्यक्तित्वहरु हाल अस्ट्रेलिया,न्युजिल्यान्ड ,फिजीका लागि राजदूत रहनुभएका नेपाल जेसिजका वर्ष २०११ क राष्ट्रिय अध्यक्ष जेसिआइ सिनेटर महेश दाहाल तथा पूर्व अर्थराज्य मन्त्रि,पूर्व सस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रि मा. दीप कुमार उपाध्याय ज्यू रहनुभएको थियो |  नेपाल जेसिजको प्रबिधि तथा इटहरी जेसिजको आयोजनामा संचालित यस कार्यक्रममा नेपाल जेसिजका विभिन्न वर्षका राष्ट्रिय अध्यक्ष लगायत बोर्ड पधादिकारी ज्युहरुको सहभागीता रहेको थियो |कार्यक्रमका दौरान आएका विभिन्न प्रस्नौतर संगै बक्ताहरुले आफ्ना जीवन भोगाई सिकाई तथा अनुभवहरु साट्दै कार्यक्रम सम्मपन्न भएको थियो | नेपाल जेसीजको निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सिनेटर विजय गुरुङ MODURETAR रहनुभएको कार्यक्रमलाइ इटहरी जेसिजका वर्ष २०२० का अध्यक्ष जेसी माधव भट्टराई अध्यक्षता गर्नुभएको थियो | कार्यक्रममा JCI Sen. अशोक शंकर ,  JCI Sen. महेश पौडेल ,  JCI Sen. विजय गुरुङ , JCI Sen. कन्चन झाद्वारा कार्यक्रम सफलताको शुभकामना मन्तब्य दिनुभएको थियो | इटहरी जेसिज का उपाध्यक्ष जेसी बादल दाहालद्वारा कार्यक्रम सहभागी तथा सम्पूर्ण लाइ धन्यवाद ज्ञापन गरे पश्चात इटहरी जेसिजको महसचिव जेसी लोकनाथ भण्डारीले कार्यक्रम समापन भएको घोसणा गर्नुभयो |                 

JCI Events Archive