'Carry Your Business' After COVID -19
2020-05-09 / 2020-05-09     03:15:00pm - 06:00:00pm    
Location : Butwal Organized By : JCI Butwal


लाई
महासचिव ज्यू                                  निरुपित EVP & VP ज्यू
नेपाल जेसीज                                   नेपाल जेसीज
थापाथली, काठमाडौ                           थापाथली, काठमाडौ

कार्यक्रम : CARRY ON YOUR BUSINESS AFTER COVID- 19   
क्षेत्र :      ब्यवशायिक
संयोजक :    जेसी माधव खनाल
स्थान :        बुटवल
मिति :       २०७६ बैशाख २७ गते शनिबार
सहभागी :     जम्मा  ५०० जना
उद्देश्य:
कोरोनाको कहर पछिको अर्थतन्त्रको अवस्थाबारे जानकारि गराउने
पृष्ठभूमी :
कोरोनाले विभिन्न क्षेत्रमा असर पुराएको छ । स्वास्थ्य र अर्थतन्त्रमा पारेको असरले के कस्तो अवस्था सिर्जना हुने हो सजिलै भन्न सकिन्न । कोरोनाको प्रभाव कहिले सम्म रहने हो अनुमान पनि लगाउन गारो छ यसैले लकडाउन खुले पछि पनि अवस्था सहज नहुने देखिन्छ । सरकारले लकडाउन केही खुकुलो बनाए पनि अर्थतन्त्र चलाएमान हुने स्थिति देखिन्न । विभिन्न संस्थाहरुले सबैभन्दा धेरै मारमा नेपालको पर्यटन क्षेत्र पर्ने उल्लेख गरेको छन। त्यस्तै रेमिट्यान्स, आन्तरिक तथा विदेशी लगानी खुम्चिने,वैदेशिक व्यापार घट्ने प्रक्षेपण गरेका छन । कृषि प्रदान देश भनिए पनि गाँउ तिरका बारी बाँझै छन शहर तिरका खेत घडेरीमा रुपान्तरण भएका छन । धेरै मानिसहरु कोरोनाको कहरका कारण कर्मथलोबाट जन्मथलोमा पुगेका छन । बैदेशिक रोजगारीको लागि विदेश गएका नेपालीहरु कति फर्कि सके त कति स्वदेश फर्किने प्रतिक्षामा कुरिरहेका छन । कोरोनाको कहर पछि ब्यापार ब्यवशाय कसरी सञ्चालन गर्ने यो अन्योलता पनि कायमै छ । जेसीजले चुनौतीमा पनि अवसर खोज्छ भने झै बुटवल जेसीज वर्ष २०२० का अध्यक्ष र उहाँको टिमले कोरोनाको संक्रमण पछि अर्थतन्त्रमा पार्ने असर र विकल्पको बाटोको विषयमा अनलाईन अन्तक्रिया गर्ने अवधारणालाई अघि बढायो । सोही अनुसार बैंकिङ क्षेत्रका विज्ञ चार्टड एकाउन्टेन मनोज ज्ञवाली, ग्लोवल आईएमई बैंक लिमिटेडका सिईओ पर्शुराम कुवँर यसै गरी ब्यवशायिक क्षेत्रबाट नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष हरि भक्त शर्मालाई प्रमुख बक्ताको रुपमा सहभागि गराई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको थप विवरण तलको खण्डमा उल्लेख छ ।
कार्यक्रमको मुख्य भाग :
बुटवल जेसीज वर्ष २०२० को आयोजनामा अनलाईन वेविनार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बैशाख २७ गते शनिबार दिउँसो ३ : १५ बजे देखि CARRY ON YOUR BUSINESS AFTER COVID- 19 नामक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । आर्थिक क्षेत्रका विज्ञहरु बक्ताको रुपमा रुहनुभएको कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकर प्रमुख अतिथि रहनु भएको थियो । बुटवल जेसीज वर्ष २०२० का अध्यक्ष जेसी राजिव गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन बुटवल जेसीजका महासचिव जेसी हरिविक्रम कुँवरले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य बुटवल जेसीजका कार्यकारीणि उपाध्यक्ष जेसी विनोद घिमिरेले राख्नु भएको थियो ।
अन्तरक्रिया कार्यक्रम कस्ले के भने :
बुटवल जेसीज वर्ष २०२० का अध्यक्ष जेसी राजिव गौतम सहजकर्ता रहनु भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने मुख्य बक्ताहरुले कोरोनाको कहर पछि साना तथा मझौला ब्यवशायमा लगानी गर्नु पर्ने कुरामा जोड दिएका हुन । अन्तरक्रियमा सहभागि बत्ताहरुले कोरोनाकोले ठुला उद्योग ब्यवशायमा दिर्घकालिन प्रभाव पार्ने बताएका छन् । सरकारले लकडाउनको कारण बन्द रहेका विभिन्न प्रकारका उद्योगहरु सञ्चालनको लागि अनुमति दिए पनि उद्योगी ब्यवशायिहरु समस्यामा रहेको नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको भनाई छ । पुर्णरुपमा बजार नखुले सम्म उद्योग सञ्चालन गर्न कठिन हुने उहाँले बताउनु भयो । अहिलेको अवस्थामा कृषि क्षेत्र नै पहिलो प्राथमिकता रहुन पर्ने नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको धारण छ । उहाँले नेपालको कृषि उत्पादन नघटेको बताउदै अब कृषि क्षेत्रमा अन्तराष्ट्रिय मापदण्ड अपनाउनु पर्नेमा जोड दिनु भयो । अर्थतन्त्रलाई चलायमान बनाउन निजि क्षेत्रले सरकालाई महत्वपुर्ण सुझाव समेत दिएको गोल्छाको भनाई रहेको थियो ।


चुनौतीसंगै अवसरका क्षेत्रका बारेमा बहस भइरहेको छ । लकडाउन पछि आफ्नो ब्यापार ब्यवशाय कसरी अगाडी बढाउने भनेर ब्यवशायिहरु चिन्तित छन । अर्को तर्फ वैदेशिक रोजगारीमा गएका धेरै नेपालीहरु स्वदेश फकर्ने संभावना बढेको छ । यस्तो अवस्थामा सरकारलाई झकझकाउदै आयातमुखी अर्थतन्त्रलाई उत्पादन मुखी बनाउन सवैले भूमिका खेल्नु पर्ने नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले बताउनु भयो उहाँले लकडाउन पछि स्थानिय तथा प्रदेश सरकारले नितिगत समस्यालाई सुधार गर्दै रोजगारीको अवसर सिर्जना र उत्पादनमा जोड दिनु पर्ने बताउनु भयो ।


नेपालको अर्थतन्त्रमा रेमिटान्सले ठुलो प्रभाव पारेको छ । तर कोरोनाको कारण विश्व अर्थतन्त्रमा असरहरु देखिन थालि सकेका छन् । रोजगारीको लागि नेपालीहरु गएका देशहरुमा समेत अर्थतन्त्र ओरालो लाग्दा बैंदेशिक मुद्रा आर्जनका मुख्य स्रोत रेमिट्यान्समा प्रहार हुने र यसको स्वभाविक मार आम्दानीमा पर्ने र त्यसपछि आन्तरिक माग खुम्चिने हुँदा यस्तो अवस्थामा कृषि क्षेत्रमा युवाहरुलाई लगाउनु पर्ने उहाँको धारणा छ । कृषिमा आत्मनिर्भर बन्नु पर्छ भन्ने कुरा नै कोरोनाको सन्देश भएको बताउदै उहाँले भन्नु भयो कृषिमा लगानी गर्ने बातावरण सरकारले बनाउनु पर्छ ।


नेपालमा कोरोनाको कहर पछि बैंक तथा विक्तिय क्षेत्रहरुमा नकारात्मक असर पर्ने विश्लेशण गर्दै चार्टड एकाउण्टेन मनोज ज्ञवालीले कोरोनाको कारण बैदेशिक दाताहरु समेत आफै समस्यामा परेको र उत्पादन क्षेत्रमा लगानी गर्न पर्याप्त बजेटको अभावका विच रकम जुटाउ युवा स्वरोजगार कार्यक्रम, प्रधानमन्त्री युवा रोजगार कार्यक्रम लगाएत जम्मा भएको रकमले ब्याजमात्र असुल गरिरहेको कोषबाट रकम संकलन गरि एउटा राहत कोष बनाउनु पर्ने कुरामा उहाँले जोड दिनु भयो । उक्त राहत कोषबाट ७७ वटै जिल्लामा संभावनाहरुको अध्ययन गरी बजेट विनयोजन गर्नु पर्ने उहाँको भनाइ रहेको थियो ।

कार्यक्रममा नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर राजेन्द्र बहादुर श्रेष्ठ, सिनेटर अनुपममान सैंजु लगाएतले बोल्दै बुटवल जेसीजले समय सान्दर्भिक कार्यक्रम आयोजना गरेको बताउनु भएको थियो । नेपाल जेसीज क्षेत्र घ को लागि निरुपित राष्ट्रिय कार्यकारिणि उपाध्यक्ष जेसी शोभा खरेलले कोरोनाको महामारीले अर्थतन्त्रमा पारेको असर र अब चालिनुपर्ने कदमको बारेमा अन्तरक्रिया कार्यक्रमले महत्वपुर्ण सन्देश दिएको बताउनु भएको थियो ।


कार्यत्रममा नेपाल जेसीज वर्ष २०२० का राष्ट्रिय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सिनेटर अशोक शंकरले नेपाल जेसीजले अब कृषि उत्पादनमा जोड दिने तालिमहरु सञ्चालन गर्ने विषयमा योजना बनाएको बताउनु भयो । उहाँले योजना अनुसार कार्यान्वयनमा लैजानले बताउनु भयो । कार्यक्रममा नेपाल जेसीज क्षेत्र घ को लागि निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी रमा प्याकुरेल, नेपाल जेसीज वर्ष २०२० को लागि ब्यक्तिगत क्षेत्रका राष्ट्रिय कार्यकारिणि उपाध्यक्ष जेसी लालमणि भण्डारी, राष्ट्रिय महासचिव जेसी टेकराज रेग्मी, राष्ट्रिय कानुनी सल्लाहकार सिनेटर राजेन्द्र घिमिरे, राष्ट्रिय उपाध्यक्ष सिनेटर राकेश गुरुङ, नेपाल जेसीज वर्ष २०२० को लागि राष्ट्रिय अध्यक्ष प्रमुख कार्यकारी सहायक रविन पोख्रेल, बुटवल जेसीज वर्ष २०२० का सल्लाहकारज्यूहरु, बुटवल जेसीजका धरोरहर आदरणिय पुर्व अध्यक्षज्यूहरु लगाएत देशभर रहेका विभिन्न शाखाका शाखा अध्यक्ष, पदाधिकारी, जेसीज सदस्य तथा आर्थिक क्षेत्रका ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अन्त्यमा बुटवल जेसीजका अध्यक्ष जेसी राजिव गौतमले सहभागिहरुलाई धन्यवाद ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।
सिकाई :
कोरोनाको संक्रमणका विच यस्ता अन्तरत्रिया कार्यक्रममा गर्दा अनलाईन प्रविधिलाई उच्च प्राथमिकतामा राख्नु पर्ने ।
मुल्याङकन :
सहभागि शाखा अध्यक्षज्यू तथा जेसीज मनहरुको प्रतिक्रियाले कार्यक्रम सफल भएको मुल्याङकन गरिएको छ ।
सुझाब तथा सिफारीस :
यस्ता अन्तरक्रियात्मक कार्यक्रमलाई निरन्तरता दिनु पर्ने ।

JCI Events Archive