Oratory contest
2020-05-20 / 2020-05-20     12:00:00pm - 03:37:00pm    
Location : Webinar Organized By : JCI Siddhartha Lady


मिती २०७७/०२/०७ गते बुधबार का दिन जेसीआई सिद्धार्थ लेडी द्वारा आयोजित वक्तित्वकला प्रतियोगीता सम्पन्न भएको छ ।
जेसीआई सिद्धार्थ लेडी वर्ष २०२० का उर्जाशील अध्यक्ष जेसी तुल्सा भुसाल पाण्डे ज्यूको अध्यक्षता एवं क्षेत्र "घ"का निरुपित कार्यकारिणी उपाध्यक्ष जेसी सोभा खरेल ज्यु , रास्ट्रीय उपाध्यक्ष जेसीआई सिनेटर राकेश गुरुङ ज्यु, पुर्व रास्ट्रीय उपाध्यक्ष जेसी भोजराज चापागाईं ज्यु,प्यापसन प्रदेश न•५ का कार्यसमिती सदस्य श्री महेश भुर्तेल ज्युको प्रमुख आतिथ्यमा , भैरहवा बहुमुखी क्याम्पस का पुर्व प्राध्यापक श्री बनमाली निराकार ज्यु, साहित्य परिषदका अध्यक्ष श्री डिल्लिराज भट्टराई ज्यु र जेसीआई सिद्धार्थ लेडीका धरोहर पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार जेसी अन्जु जैसी ज्यु गरि तीन जना निर्णायक ज्युहरु रहनुभएको थियो ।

जेसीआई सिद्धार्थ लेडी वर्ष २०२० का उपाध्यक्ष जेसी अनिता पाण्डे ज्यूको संयोजकत्वमा भएको उक्त कार्यक्रममा जेसीआई सिद्धार्थ लेडीका धरोहर पूर्व अध्यक्ष ज्यूहरु, प्रमुख सल्लाहकार ज्युहरु मातृ शाखा का अध्यक्ष, आदरणीय धरोहर पुर्व अध्यक्ष ज्युहरु एवं अन्य पदाधिकारी ज्यूहरु लगाएत छिमेकी शाखा का अध्यक्ष ज्युहरु , प्रतिनिधि , महासचिव लगाएत सम्पुर्ण पदाधिकारी साथै प्रतियोगी बहिनिहरु लगाएत ननजेसीज मित्रहरुको पनि गरिमामय उपस्थिति रहेको थियो ।
यस कार्यक्रमका संचालक जेसीआई सिद्धार्थ लेडी वर्ष २०२० का महासचिव जेसी गीता गैरे बन्जाडे ज्युको सन्चालकमा जेसीज आस्था पाठ उपाध्यक्ष जेसी अम्बिका घिमिरे ज्युले गर्नुभएको थियो ।          
उक्त कार्यक्रमको मध्यभागको सेसन उपाध्यक्ष जेसी लक्ष्मी अधिकारी ज्युले गर्नुभएको थियो । यस कार्यक्रममा प्राविधिक सहयोग धरान जेसीजका अध्यक्ष जेसी दिपेन्द्र निरौला ज्युले गर्नुभएको उहालाई धेरै धेरै धन्यवाद सहित कृतज्ञता ज्ञापन गर्दछौ सम्पुर्ण जेसीआई सिद्धार्थ लेडी परिवारको तर्फबाट ,
त्यसैगरी फेसबुक लाईभ प्रकरण निर्देशक जेसी प्रतिमा तिल्मिसिना ज्युले गर्नुभएको ,त्यसगरी समय सुचकमा श्री कृष्ण पाण्डे ज्युको भुमिका रहेको थियो ।   "विश्व महामारी कोरोना, चुनौती र अवसर " शिर्षकमा सम्पुर्ण प्रतियोगी बहिनिहरुको बेजोड प्रस्तुती रहेको कार्यक्रममा बिजेता हुने बहिनिहरु
प्रथम :- प्रशन्सा भण्डारी(भैरहवा नमुना मा.वि       द्वितीय:-आशिका पाण्डे( सि.बि पब्लिक मा.वि)     तृतीय:-निकिता पाण्डे (मुनलाईट आवासिय मा.वि ) सम्पुर्णलाई बधाई तथा जेसीआई सिद्धार्थ लेडी परिवारको तर्फबाट स- सम्मान गर्दछौ ।                                
यस कार्यक्रममा उपस्थिति सम्पुर्णले हामिलाई दिनुभएको अमूल्य समय र सहयोगको लागि बिशेष आभार सहित धन्यबाद प्रकट गर्दछौँ ।
धन्यवाद, जय जेसीज????????????????
महासचिव: जेसी गीता गैरे बन्जाडे

JCI Events Archive