रामग्राम जेसीजद्धारा संसदीय बैठक प्रणाली तालिम सम्पन्न
2020-02-15 / 2020-02-15     10:00:00am - 05:00:00pm    
Location : परासी Organized By : JCI Ramgram


रामग्राम जेसीज वर्ष २०२० परासीको आयोजनामा जेसीज संसदीय बैठक प्रणाली विषयक एक दिने तालिम २०७६ फागुन ३ गते परासीमा सम्पन्न भएको छ । उक्त तालिममा २६ जनाको सहभागिता रहेको थियो । तालिममा रामग्राम जेसीज र रामग्राम महिला जेसीजका पदाधिकारी तथा निर्देशकहरुको सहभागिता रहेको थियो ।
रामग्राम जेसीज वर्ष २०२० को यो पहिलो कार्यक्रम हो । तालिममा रामग्राम जेसीजका पूर्व अध्यक्ष पुरुषोत्तम ढकालले जेसीजको अर्थ, महत्व, फाईदा, जेसीजको विधान, जेसीज पदाधिकारीहरुको कर्तव्य तथा जेसीज बैठक सञ्चालन प्रणालीको विषयमा प्रशिक्षण दिनुभएको थियो ।
शाखा अध्यक्ष जेसी सन्दिप अग्रहरीको अध्यक्षतामा भएको उक्त तालिममा रामग्राम जेसीजका निवर्तमान अध्यक्ष नारायण सुवेदी, पूर्व अध्यक्ष एवं कानूनी सल्लाहकार मुक्ति प्रसाद पौडेल, कार्यसमितिका पदाधिकारी तथा निर्देशकहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रम जेसीज सचिवालयमा सम्पन्न गरिएको थियो । 

JCI Events Archive