नेपालगन्ज जेसिज द्वारा निबन्ध प्रतियोगिता
2020-05-26 / 2020-06-03    
Location : Nepalgunj Organized By : JCI Nepalgunj


नेपालगंज जेसिज र नमस्ते बाँके फेसबुक ग्रुपले आयोजना गरेको निबन्ध प्रतियोगताको नतिजा सार्वजनिक भएको छ।

नतिजा अनुसार कोहलपुरका जानुका सिम्खडा प्रथम, नेपालगञ्जका जास्मिन शाह द्धितिय, स्याङ्जाका लक्ष्मी लामिछाने तृतिय हुनुभएको छ।

यसैगरी सर्वोत्कृष्ट लेखको उपाधि भने गौरी रिजालले जित्नुभएको नेपालगंज जेसिजका अध्यक्ष प्रज्वल श्रेष्ठले जानकारी दिनुभयो।

विजयी हुनुभएका सबैलाई अब उपहार, मायाको चिनो र सम्मान पत्र बिशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिनेछ।यही जेठ १३ गतेदेखी २१ गते सम्म चलेको निबन्ध प्रतियोगितामा ९ जनाले सहभागीता जनाउनुभएको थियो जसमा ७ महिला र २ जना पुरुष रहनुभएको छ।

“कोरोनाले निम्ताएको आर्थिक समाजिक राजनीतिक अनि मनोबैज्ञानिक असरहरु र यसका न्यूनीकरणका उपायहरु“ विषयक निबन्ध प्रतियोगितामा अत्याधिक भोट र निर्णायकको अंकका आधारमा बिजेता घोषणा गरिएको हो।

JCI Events Archive