पोखरा जेसीजको जेसीज सप्ताह २०२१को समापन

2021-09-22

पोखरा जेसीजको बार्षिक कार्यक्रम "जेसीज सप्ताह २०२१" को सात दिन बिबिध कार्यक्रमहरु सम्पन्न गरी सोमबार, असोज ४ गते समापन भएको छ। शिक्षा, स्वास्थ्य, कृषि र उधमसिलतालाई प्राथमिकतामा राखी सम्पन्न सप्ताह ब्यापी कार्यक्रम सप्ताहको अन्तिम दिन "गण्डकी युवा वक्ता"को तेस्रो संस्करण सहित पोखरा जेसीजका अध्यक्ष जेसी किरण के.सी.ज्युको अध्यक्षतामा सम्पन्न गरिएको थियो । 

हिसान कास्कीका नि.अध्यक्ष डा. राम्जी शर्मा प्रमुख निर्णायक, पोखरा जेसिजका पुर्ब अध्यक्ष सन्तोष पोखरेल र बरिष्ठ सन्चारकर्मी दिपेन्द्र श्रेष्ठज्यु निर्णायक रहनु भएको उक्त प्रतियगितामा शुस्मा आचार्य(पोखरा ), बिपना सापकोटा(पर्वत)दोश्रो र बिना रेग्मी( स्याङ्जा) तेश्रो हुन सफल हुनुभएको थियो । 

सप्ताह कार्यक्रम अन्तर्गत पहिलो दिन उद्घाटन तथा मणिज्योति आधारभुत बिद्यालयमा लाइब्रेरी स्थापना , दोस्रो दिन पोखरा महानगरपालिका वडा न ३ मा कौसी खेती तालिम, तेस्रो दिन जिल्ला कारागार कास्कीमा रहेका महिला कैदी तथा महिला प्रहरीहरुलाई पुनः प्रयोग्य स्यानिटरि प्याड निर्माण सम्बन्धि तालिम, चौथो दिन अनलाईन मार्फत "उधमी सङ्ग युवा" विषयक अन्तरकृया, पाँचौ दिन अन्लाईन मार्फत कोभिड पश्चात अपनाउनु पर्ने स्वास्थ्य सम्बन्धि सचेतना र परामर्श कार्यक्रम , छैटौं दिन संविधान विषयक अन्तरकृया सहित दिप प्रज्वलन र सातौ दिन गण्डकी युवा वक्ता कार्यक्रमको आयोजना तथा समग्र सप्ताह कार्यक्रमको समापन गरिएको छ। 

पोखरा जेसीजको सचिवालयमा आयोजित समापन समारोह गण्डकी प्रदेशका पर्यटन, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री माननीय मणिभद्र शर्माज्युको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो  । उक्त समापन कार्यक्रममा सामुहिक रूपमा राष्ट्रिय गान सहित सुरु गरी जेसीज आस्था पाठ उपाध्यक्ष इभिक कर्माचार्यले, स्वागत मुल संयोजक सन्देश पराजुलीले गर्नु भएको थियो भने समापनको क्रममा गण्डकी युवा बक्ताको नतिजा घोषणा सहित पुरस्कार बितरण गरिएको थियो। पुर्ब अध्यक्ष श्री सन्तोष पोख्रेल, सिनेटर ईश्वर प्रसाद कर्माचार्य, हिसान कास्कीका नि.अध्यक्ष डा. राम्जी शर्मा, पोखरा लेडी जेसीजकी अध्यक्ष कमला शर्मा कंडेल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । प्रमुख अतिथिज्युले मन्तव्यको क्रममा पोखरा जेसीजले जेसीज सप्ताहको क्रममा गरेका सम्पुर्ण कार्यहरु उत्कृष्ट रहेको उल्लेख गर्दै नेपाल जेसीजको राष्ट्रिय महाधिबेसनको लागी पनि आवस्यक सहकार्य गर्ने आशय ब्यक्त गर्नु भएको थियो । सम्पुर्ण अतिथि, सहयोगी तथा प्रायोजकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । लाइफ केयर डाईग्नोस्टिक एण्ड रिसर्च सेन्टर पोखरा प्रा.लि. को मुख्य प्रायोजन , मेडिप्लस हस्पिटलको हस्पिटल पार्टनर, बिशेष सहयोग ई.दिवस आचार्य(अमेरिका), सुरेश के.सी(रत्नचोक), प्रीती केप्छाकी मगर लगायत विभिन्न ब्यवसायिक, सामुदायिक संघ संस्था तथा निकायहरु जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका वडा न ३ र १८, नेपाल पत्रकार महासङ कास्की, जिल्ला कारागार कास्की, पखेटा नेपाल लगायतका संस्थाहरुको सहकार्यमा सम्पन्न जेसीज सप्ताह कार्यक्रमको सातौ दिनको कार्यक्रम संयोजन जेसी सन्तोष लामिछानेले, धन्यवाद ज्ञापन उपाध्यक्ष बिनु श्रेष्ठले र संचालन सचिब प्रकाश घिमिरेले गरेका थिए ।

JCI News Archive