मल्टी च्याप्टर लाेम अफिसर तालिम सम्पन्न

2019-03-18

पर्वत जेसीजकाे अायाेजनामा २०७५ चैत्र २ गते शनिवारका दिन बाग्लुङ जेसीज, म्याग्दी जेसीज र पर्वत जेसीजकाे संयुक्त लाेम अफिसर तालिम कुश्मामा सम्पन्न भएकाे छ ।
कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जाेशीकाे प्रमुख अातिथ्यता, नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष जेसीअाई सिनेटर धनन्जयकुमार श्रेष्ठकाे विशिष्ठ अातिथ्यतामा सम्पन्न उक्त तालिमकाे सहजीकरण नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष जेसीअाई सिनेटर धनन्जयकुमार श्रेष्ठ, पर्वत जेसीजका पुर्व अध्यक्ष जेसी वसन्तकुमार कर्माचार्य र नेपाल जेसीजका पुर्व कानुनी सल्लाहकार जेसी सुदिप राजभण्डारीले गर्नुभएकाे थियाे । बाग्लुङ जेसीजका अध्यक्ष जेसी एन्जिल शाक्य र म्याग्दी जेसीजका अध्यक्ष जेसी खम थापा मगरले तालिम सफलताकाे शुभकामना ब्यक्त गर्नुभएकाे थियाे ।
पर्वत जेसीजका अध्यक्ष जेसी माेहन अाचार्यकाे अध्यक्षता, महासचिव जेसी रामु शर्माकाे सञ्चालन, कार्यक्रम संयाेजक जेसी सुरेन्द्र पाैडेलकाे स्वागतमा सम्पन्न उक्त तालिममा ६५ जनाकाे सहभागिता रहेकाे थियाे ।
साे कार्यक्रममा भर्खरै सम्पन्न प्याब्सन नेपालकाे महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्विराेध निर्वाचित हुनु भएकाेमा पर्वत जेसीजका पुर्व अध्यक्ष वसन्तकुमार कर्माचार्यलाई सम्मान समेत गरिएकाे थियाे ।

JCI News Archive