पालुङ जेसीजको होली मिलन कार्यक्रम सम्पन्न

2019-03-20
फागु पूर्णिमाको अवसरमा पालुङ जेसीजले बुधबार मकवानपुरको थाहानगरमा होली मिलन कार्यक्रम गरेको छ । लायन्स क्लब अफ पिस थाहा र लियो क्लब अफ पिस थाहानगरको समेत सहभागितामा कार्यक्रम गरिएको हो ।

थाहा नगरपालिकाका उपमेयर खड्ग गोपालीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै उहाँले होलीले सबैलाई एकता र सद्भावको सन्देश दिएको बताउँदै यसलाई मौलिक पर्वको रुपमा मनाउनु पर्नेमा जोड दिनुभयो ।

पालुङ जेसीजका अध्यक्ष कुमार नेगीको अध्यक्षतामा भएको कार्यक्रममा पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, लायन्स क्लब अफ पिस थाहाका अध्यक्ष श्रीराम कार्की लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पालुङ जेसीजका पूर्व अध्यक्षहरु भरत गोपाली, सुरेन्द्रमान प्रधान, अञ्जल प्रधान लगायतको सहभागिता थियो ।
पालुङ जेसीजका महासचिब मनोज रायमाझीले सञ्चालन गर्नुभएको कार्यक्रममा कार्यक्रम संयोजक दीपा बलले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्षले सहभागीहरुलाई टीका लगाएर होली मिलनको शुभारम्भ गर्नुभएको थियो । पूर्व अध्यक्ष अञ्जल प्रधानले सहभागीहरुलाई केही थान टिसर्ट उपलब्ध गराउनु भएको थियो ।

JCI News Archive