'Behavior Change for Leadership' Training

2019-03-25

नेतृत्वको लागि व्यवहार परिवर्तन विषयमा तालिम

जेसीआई पोखराले नेतृत्वको लागि व्यवहार परिवर्तन (Behavior Change for Leadership) विषयमा चैत्र ९ गते वुद्धचोक स्थित रोयल किचनको सभाहलमा तालिम सम्पन्न गरेको छ । उक्त तालिममा जेसीआई पोखराका पूर्व अध्यक्ष, जेसीआई नेपालका पूर्व राष्ट्रिय अध्यक्ष, कुशल प्रशिक्षक जेसीआई सिनेटर विकल प्रसाद शेरचन र नेश्नल इन्स्टिच्युट फर लिडरसिप डेभलपमेण्टको कार्यकारी निर्देशक, लाइफकोच तथा मोटिभेटर उषा मल्ल सिंहले सहजिकरण गर्नुभएको थियो । जेसीआई पोखरा वर्ष २०१९ का अध्यक्ष जेसी सन्तोष शाहीको अध्यक्षतामा सम्पन्न तालिम कार्यक्रममा आस्था पाठको अगुवाई जेसी विनु श्रेष्ठ, स्वागत मन्तव्य व्यक्तिगत विकास क्षेत्रका उपाध्यक्ष जेसी शंकर कँडेलले र कार्यक्रम सञ्चालन महासचिव जेसी शक्ति वरुवालले गर्नुभएको थियो । जेसी विष्णु प्रसाद तिमिल्सिनाले संयोजन गरेको उक्त कार्यक्रममा जेसीआई नेपालका ट्रेनिङ्गपुल कमिश्नार एरिया बि का संयोजक तथा जेसीआई पोखराका निवर्तमान अध्यक्ष जेसी शिव सुवेदीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जेसीआई पोखराका पदाधिकारी, साधारण सदस्य र अस्थाई सदस्य गरि ६० जनाको सहभागी रहेको थियो । तालिमको अन्त्यमा सहभागीको तर्फ बाट जेसी विनु श्रेष्ठ र सहकोषाध्यक्ष जेसी रविन पौडेलले तालिम अत्यन्त फलदायी भएको कुरा बताउनुभयो । जेसीआई पोखराले आफ्ना सदस्यहरुको क्षमताको विकासको लागि प्रभावकारी तालिमहरुको आयोजना गर्ने क्रममा शनिवार एक दिने तालिमको आयोजना गरिएको हो ।

 


JCI News Archive