मल्टी च्याप्टर तालीम'स्टेट अफ माइन्ड'

2019-03-27


  २०७५-१२-११ गते सोमबार नेपाल जेसीज को आयोजना मा त्रिभुवननगर जेसीज को आतिथ्यता मा भएको तालीम मा दाङ महिला जेसीज को तर्फ बाट अध्यक्ष लगायत १३ जना को उपस्थिति रहेको थियो। उक्त तालीम मा नेपाल जेसीज निरूपित कार्यकारिणी उपाध्यक्ष जेसी स्याम सुन्दर पौडेल(मिलन) सर र नेपाल जेसीज का उपाध्यक्ष जेसी लालमणी भण्डारी ज्यु को उपस्थिति रहेको थियो। उक्त तालीम नेपाल जेसीज का chief trainer जेसी आई सीनेटर राजा बाबू साह सर ले दिनु भएको थियो। उहा ले state of mind को तालीम दिनु भएको थियो। तालीम मा ५ वटा शाखा को सहभागिता रहेको थियो। दाङ महिला जेसीज का अध्यक्ष जेसी रेखा शर्मा ज्यु ले निरूपित कार्यकारिणी उपाध्यक्ष जेसी श्याम सुन्दर पौडेल( मिलन ) ज्यु र प्रमुख् प्रशिक्षक जेसी आई सीनेटर राजा बाबू शाह ज्यु लाई मायोको चिनो दिनु भएको थियो।
        

JCI News Archive