चारआली जेसीजको आयोजनामा१०९ औं अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा जनचेतनामुलक र्याली कार्यक्रम

2019-03-29

२०७५ फाल्गुन २४, चारआली झापा। चारआली जेसीजको आयोजनामा फाल्गुन २४ गते १०९ औं अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा चारआली क्षेत्र वरिपरी जनचेतनामुलक र्याली कार्यक्रमको आयोजना गरेको थियो। मेचीनगर नगरपालिका कार्यपालिका सदस्य निरु परियार प्रमुख अतिथि रहेको कार्यक्रमको अध्यक्षता चारआली जेसीजका अध्यक्ष जेसी उत्तम प्रसाद पकुवालले गर्नुभएको थियो। कार्यक्रम संयोजक तथा चारआली जेसीज बर्ष २०१९का Women and Children Program Coordinator जेसी शिक्षा घिमिरेले स्वागत गनुभएको कार्यक्रममा आस्था बाचन जेसी उपाध्यक्ष सुजुप सुवेदीले गर्नुभएको थियो। प्रहरी चौकी चारआलीका प्रमुख भक्त बहादुर बिष्ट बिशिष्ट अतिथि रहेको कार्यक्रममा बिचार चैतारी युवा कल्ब, प्रतिभा युवा कल्ब, सृजना महिला सामुदायिक बचत समुह, लालीगुराँस बचत समुह लगायत स्थानीय संघ संस्थाहरुको उल्लेखनीय सहभागीता रहेको थियो । नेपाल अटोमेकानकि ट्रेड युनियन केन्द्रीय सदस्य एवं रोशन ग्यारेजकी संचालिका समेत रहनुभएकी प्रमुख अतिथि निरु परियारले महिलाहरु अझै पनि चुलो र चौकोमै व्यस्त रहकोले महिलाहरुलाई नेतृत्व तहसम्म पुर्याउन सहयोग गर्नुपर्ने बताउनुभएको थियो। चारआली जेसीजका सम्पुर्ण पूर्व अध्यक्षहरुको उपस्थिति रहेको कार्यक्रममा बिचार चौतारी युवा कल्बका अध्यक्ष लक्ष्मी सिग्देलले कार्यक्रम सफलताको लागि शुभकामना मन्तव्य राख्नु भएको थियो। महिला हिंसा आजको समाजको कुरुति भएकोले यसलाई जरो बाटै उखेल्न प्रहरी प्रशासन मात्रले सम्भव नहुने भन्दै यसको लागि महिलाहरु स्वयं सशक्त ढंगबाट लाग्नुपर्ने र प्रहरी प्रशासन महिला हिंसा बिरुद्ध डटेर लागि परेको धारणा बिशिष्ट अतिथि एंव चारआली चौकी प्रमुख भक्त बहादुर बिष्टले बताउनुुभएको थियो ।।चारआली जेसीजका महासचिब जेसी संजय निरौलाले संचालन गर्नुभएको कार्यक्रम बिभिन्न जनचेतना मुलक नाराहरु लेखिएका प्लेकार्ड सहित र्रयालीमा परिणत भई चारआली क्षेत्र परिक्रमा गरी समापन गरिएको थियो। र्यालीमा करीब १५० जना सामाजिक अभियन्ताहरुको सहभागिता रहेको थियो।


JCI News Archive