चारआली जेसीजको LOM Officers and Pre- Induction Training सम्पन्न

2019-03-29

२०७५ फाल्गुन २५, चारआली ।चारआली जेसीजको आयोजनामा फाल्गुन २५ गते LOM Officers and Pre- Induction Training सम्पन्न भएको छ। नेपाल जेसीजको पुर्व अध्यक्ष जेसीआई सिनेटर प्रकाश प्रसाद अधिकारीको प्रमुख आतिथ्य तथा चारआली जेसीज बर्ष २०१९ का अध्यक्ष जेसी उत्तम प्रसाद पकुवालको अध्यक्षतामा भएको तालिममा दमक जेसीजका पुर्व अध्यक्ष जेसी सन्तोष अधिकारीले प्रशिक्षण दिनु भएको थियो। तालिममा प्रमुख अतिथि जेसीआई सिनेटर प्रकाश प्रसाद अधिकारीले जेसीजको ईतिहास प्रकास पार्दै जेसीज अभियानका अनुभवहरु प्रशिक्षार्थी समक्ष बाँडनुभएको थियो। कार्यक्रम संयोजक तथा चारआली जेसीज बर्ष २०१९का तालिम निर्देशक जेसी भोजराज पराजुलीले स्वागत गनुभएको कार्यक्रममा आस्था बाचन जेसी सन्देश न्यौपानेले गर्नुभएको थियो। जन सम्पर्क अधिकारी जेसी सन्तोष न्योपानेले संचालन गरेको कार्यक्रममा ५० प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो । स्थानयि बिचार चौतारी युवा क्ल्बका सदस्यहरु पनि सम्मिलित भएको सो कार्यक्रम पदाधिकारीहरुको काम, कर्तव्य र अधिकारको बारेका भएकोले आफ्नो संस्थालाई अत्यन्तै फलदाई भएको र सो कार्यक्रमबाट प्रभाबित भएर जेसीज अभियानमा आफुहरु पनि समेल हुन ईच्छुक रहेको जानकारी प्रशिक्षार्थीहरुले समापन कार्यक्रममा बताएका थिए।


JCI News Archive