चारआली जेसीजद्धारा बृदबृदाहरुलाई फलफुल तथा सहयोग हस्तान्तरण

2019-03-29

२०७५ चैत्र ०७, बिर्तामोड झापा।चारआली जेसीज बर्ष २०१९ को Board of Directors को जन्मदिन समुदायमा कार्यक्रम अन्तरगत बर्ष २०१९का अध्यक्ष जेसी उत्तम प्रसाद पकुवालको ३२औं जन्मोत्सब बिर्तामोड स्थित परोपकार तथा अनुसन्धान केन्द्र द्धारा संचालित बृद्दाश्रममा मिति २०७५÷१२÷०७ गते बृदबृदाहरुलाई फलफुल तथा सहयोग हस्तान्तरण गरी मनाईएको थियो। प्रमुख अतिथि परोपकार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बिक्रम मादेन रहनुभएको कार्यक्रममा सभापतित्व चारआली जेसीज बर्ष २०१९ का अध्यक्ष जेसी उत्तम प्रसाद पकुवालले गर्नु भएको थियो। सो कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै कार्यक्रम संयोजक तथा चारआली जेसीज बर्ष २०१९की Senior Citizen Service Program Coordinator जेसी सुस्मिता श्रेष्ठले सम्पर्ण उपस्थित व्यक्तित्वहरुलाई स्वागत मन्तव्य मार्फत स्वागत गर्नुभएको थियो। पुर्व अध्यक्ष जेसी धन बहादुर तामांगले अध्यक्षलाई जन्मदिनको शुभकामना तथा सो कार्यक्रम सफलताको शुभकामना मन्तव्य राख्दै सम्पुर्ण पदाधिकारीले आफ्नो जन्मदिन यसरी मनाउदै जेसीजले समाजमा उदाहरणीय कार्यक्रम गर्नुपर्ने बताउनुभएको थियो। प्रमुख अतिथि तथा परोपकार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बिक्रम मादेनले चारआली जेसीजले बिगतमा पनि सो संस्थालाई एक खटिया बराबरको जग्गा किन्न सहयोग गरेको र समाजका सक्रिय नागरिकको अभिभारा पनि लिईरहेको बताउदै भबिष्यमा पनि उदाहरणीय समाजिक कामको लागि शुभेच्छा प्रकट गर्र्दै जन्मदिनको शुभकामना दिनुभएको थियो। सो अवसरमा २८ जना बृदाहरुले आश्रय लिईरहेको सो केन्द्रमा सम्पुर्ण बृदाहरुलाई एक छाक खाना बराबरको रमक हस्तान्तरण गरिएको थियो। फलफूल तथा खाना बितरण पश्चात सो दिन पावन होली पर्व पनि परकोले बृदा बृदाहरुसंग उल्लासमय होलीको शुभकामना आदन प्रदान गर्दै होली मनाईएको थियो। चारआल जेसीजका महासचिब जेसी संजय निरौलाले संचालन गर्नुभएको कार्यक्रममा जेसीज पदाधिकारी, सदस्यहरु तथा केन्द्रका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।


JCI News Archive