चारआली जेसीजद्धारा संस्कृत पाठशालाको भवन निर्माणमा सहयोग

2019-03-29

२०७५ चैत्र १०, मेनपा १२ झापा।मेची नगर नगरपालिका १२ स्थित सहरेडाँगीमा रहेको माधव संस्कृत बिद्यालयको भवन निर्माण सहयोर्गाथ आयोजित श्री आन्नद रामायण धान्याचल नवाह ज्ञान महायज्ञको अवसरमा चारआली जेसीज बाट बाउन्न हजार एक सय सतचालिस रुपैया सहयोग हस्तान्तरण गरिएको थियो । सोको लागि चारआली जेसीज बर्ष २०१५ का अध्यक्ष जेसी राजेश गिरी ज्यू, बर्ष २०१६ का अध्यक्ष जेसी तीर्थ घिमिरे ज्यू, बर्ष २०१७ का अध्यक्ष जेसी धन बहादुर तामांग ज्यू, बर्ष २०१८ का अध्यक्ष जेसी रोहित दाहाल ज्यू, बर्ष २०१९ का अध्यक्ष जेसी उत्तम प्रसाद पकुवाल ज्यू, बर्ष २०१९ का कोषध्यक्ष जेसी बिर बहादुर बेघा ज्यू, बर्ष २०१९ का सचिब जेसी टिकाराम रिजाल ज्यू तथा संस्थापक उपाध्यक्ष जेसी मोहन अधिकारी ज्यूूको बिशेष सहयोग रहको थियो। सो अवसरमा बर्ष २०१९का अध्यक्ष तथा सचिब ज्यूलाई श्रेयष्कर सदस्यता र पूूर्व अध्यक्षहरु, संस्थापक उपाध्यक्ष, तथा कोषाध्यक्ष ज्यूलाई आजिवन सदस्यता प्रदान गरी सम्मान गरिएको थियो ।पुराण अवधिभर बिभिन्न उप समितिमा रहेर चारआली जेसीजका सदस्यहरुले सहयोग पुर्याउनुभएको थियो। साथै मेचीनगर नगरपालिकाकी मेयर मीना उप्रती प्रमुख अतिथि रहेको समापन कार्यक्रममा चारआली जेसीजको योगदानको उच्च मूल्यांकन गर्दै प्रंशसा पत्र प्रदान गरिएको थियो ।

JCI News Archive