बुटवल जेसीजको ४४ औं पदस्थापन समारोह

2018-11-08

४४ औँ पदस्थापन समारोह
कार्यक्रम ः   ४४ औँ पदस्थापन समारोह
क्षेत्र ः  व्यक्तिगत
संयोजक ः  बुटवल जेसीज
स्थान ः  सिद्धार्थ कटेज, मिलनचोक, बुटवल
मिति ः  २०७४ माघ १६ गते मंगलबार तदनुसार जनवरी ३०, २०१८
प्रमुख अतिथि ः  माननीय श्री गगन कुमार थापा
सहभागी ः  १२५ जना महिला
    ४५० जना पुरुष
    ५७५ जना जम्मा


उद्देश्यः
बुटवल जेसीज वर्ष २०१७ को कार्यसमितिबाट बुटवल जेसीज ४४ औँ अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण गर्नु । 


कार्यक्रमको संक्षिप्त विवरणः

नेपाल सरकारबाट पूर्व स्वास्थ्यमन्त्री तथा युवा नेता प्रतिनिधि सभा सदस्य माननीय श्री गगन कुमार थापाको प्रमुख आतिथ्यतामा बुटवल जेसीजले आफ्नो ४४ औँ पदस्थापन कार्यक्रम बुटवल मिलनचोकमा अवस्थित सिद्धार्थ कटेजको हलमा मिति २०७४ माघ १६ गते शहीद दिवसका दिन सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा बुटवल जेसिजका मानार्थ सदस्य तथा रुपन्देही क्षेत्र नं.२‘क’ का प्रदेश सभा सदस्य माननीय भोजप्रसाद श्रेष्ठ तथा बुटवल जेसीज–२०१४ का उत्कृष्ट युवाबाट पुरस्कृत देवदह नगरपालिकाका मेयर हीरा बहादुर के.सी. तथा नेपाल जेसीज–२०१८ का राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्याल तथा नेपाल जेसीज पूर्व अध्यक्ष जेसीआईका पूर्व उपाध्यक्ष, बुटवल जेसीजका पूर्व अध्यक्ष, सिनेटर अनुपमान सैँजू तथा नेपाल जेसीज ४२ औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष सिनेटर जगत बहादुर पोखरेल ज्यूहरुले विशिष्ट अतिथिको भूमिका निभाउनुभएको थियो । 

मौसम प्रतिकूलका कारण हवाई यात्रा प्रभावित हुन गई प्रमुख अतिथिको आगमनमा प्राविधिक समस्याका कारण कार्यक्रम निर्धारित समयभन्दा केही समय ढिला शुरु हुन पुगेको थियो । प्रमुख अतिथिज्यूको आगमनसँगै पर्खाइमा बसेका हाम्रा अतिथिहरुले आफ्नो पर्खाइको पिडा बिर्सँदै कार्यक्रमको अन्तिम क्षणसम्म हामीलाई निरन्तर साथ दिनुभएको थियो । उक्त कार्यक्रममा बुटवल जेसीजका पूर्व अध्यक्षज्यूहरुको उल्लेखनीय उपस्थितिले कार्यक्रमको शोभा बढाइदिनुका साथै अभिभावकको भूमिकमा समेत निभाउनुभएको थियो जसले हामीलाई थप हौसला प्रदान भएको थियो । हाम्रो निमन्त्रणालाई स्वीकार्दै हाम्रा छिमेकी शाखाहरु बुटवल महिला जेसीज, तिलोत्तमा जेसीज, भलवारी जेसीज, सिद्धार्थ नगर जेसीज, देवदह जेसीज, सैनामैना जेसीज, कपिलवस्तु जेसीज, रामग्राम जेसीज, रामग्राम महलिा जेसीज लगायतका शाखाहरुबाट अध्यक्षका साथै सदस्य साथीहरुको उपस्थितिले हाम्रो छिमेकी शाखासँगको सम्बन्धलाई अझै सुमधुर बनाउन सफल भएको थियो । उक्त कार्यक्रम मार्फत बुटवल जेसीज वर्ष २०१८ का अध्यक्ष जेसी यम प्रसाद तिवारीज्यूले बुटवल जेसीज सदस्यहरुले दैनिक रु.१।– बचत गरी सो बचतबाट सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्ने नवीन सोँचको उद्घोष गर्नुभएको थियो । 

सोही कार्यक्रममा हाम्रा लागि नेपाल जेसीजबाट निरुपित उपाध्यक्ष जेसी रन्जना चापागाई गर्बुजाको उपस्थितिले हाम्रो कार्यक्रममा सुनमा सुगन्ध थपिएको महसुस गरेका थियौँ । उक्त कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्षद्वय जेसी टेकराज रेग्मी तथा जेसी विजय गुरुङ तथा कोषाध्यक्ष हेमराज ओझाको पनि उपस्थिती रहेको थियो । उक्त कार्यक्रम बुटवल जेसीजका पूर्व अध्यक्ष सिनेटर राजु पौडेलको सञ्चालनमा भएको थियो । वर्ष–२०१८ का अध्यक्ष जेसी यम प्रसाद तिवारीले विभिन्न पदमा मनोनित गरी कार्यसमिति सदस्यलाई पूर्णता दिनुभएको थियो । 

बुटवल जेसीजका पूर्व अध्यक्षज्यूहरुको समुपस्थितिमा वर्ष–२०१७ का अध्यक्ष सेन राजेन्द्र घिमिरेले आफ्नो गलाबाट वर्ष–२०१८ का अध्यक्ष जेसी यम प्रसाद तिवारीको गलामा चेन हस्तान्तरण गर्दै कार्यभार सुम्पनुभएको थियो । उक्त कार्यक्रममा अतिथिहरु सहित करिब ६०० जनाको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा श्रीनगर फिल्मस्का प्रोप्राइटर मनिष पन्तलाई उत्कृष्ट युवाद्वारा सम्मानीत गरिएको थियो । बुटवल एफ.एम.का सम्पादक भवानी पाण्डेलाई श्री गणेशमान सैँजू बुटबल जेसीज उत्कृष्ट प्रत्रकारिता पुरस्कार द्वारा सम्मानीत गरिएको थियो । सोही कार्यक्रममा बुटवल जेसीजका मानार्थ सदस्य श्री भोजप्रसाद श्रेष्ठ, रुपन्देही क्षेत्र नं.२‘क’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको साथै उत्कृष्ट युवा–२०१४ बाट पुरस्कृत हीरा के.सी. देवदह न.पा.को मेयरमा निर्वाचित हुनुभएकोले र बुटवल जेसीज पूर्व अध्यक्ष सिनेटर टंक प्रसाद पोखरेलले नेपाल चम्बर अफ कमर्सको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएकोले साथै नेपाल जेसीज–२०१८को अध्यक्ष सिनेटर श्रीधर बस्याललाई बुटवल जेसीज वर्ष–२०१८ ले उहाँहरुलाई सम्मान गर्दै सफल कार्यकालको शुभकामना समेत दिएको थियो । 

सोही कार्यक्रममा बुटवल जेसीज–२०१८ का लागि T.E.A.M (Together Everyone Achieves More ) थिम प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधी, विभिन्न सञ्चार माध्यमका पत्रकार ज्यूहरु, हाम्रो निमन्त्रणालाई स्वीकार्दै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिले कार्यक्रमको गौरव बढेको देखिन्थ्यो । कार्यक्रमको बीचमा राखिएको सांगितीक नृत्यले कार्यक्रमलाई मनोरन्जनले सुसज्जित गरेको पाइएको थियो । कार्यक्रममा बोल्ने विभिन्न वक्ताहरुले वर्ष–२०१७ लाई बधाई तथा वर्ष–२०१८ लाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो । कार्यक्रमको अन्त्यमा रात्री भोजसँगै कार्यक्रम समापन भएको थियो । 





JCI News Archive