बुटवल जेसीज वर्ष २०१८ काे पदाधिकारी तालिम

2018-11-08

कार्यक्रम ः पदाधिकारी तालिम
क्षेत्र ः व्यक्तिगत
संयोजक ः सचिवालय
स्थान ः श्री कस्तुरी होटल, बुटवल
मिति ः २०७४ फाल्गुण ५ गते   (2018-02-17)    
सहभागी ः १३ जना 


उद्देश्यः

बुटवल जेसीज वर्ष–२०१८ का पदाधिकारीहरुलाई आफ्नो पदीय दायित्व जिम्मेवारी बोध गराउनु ।

कार्यक्रमको संक्षिप्त विवरणः


बुटवल जेसीज वर्ष–२०१८ ले आफ्ना सम्पूर्ण कार्यसमिति सदस्यहरुलाई २०७४ साल फाल्गुण ०५ गते शनिवारका दिन पदाधिकारी तालिम दिएको छ । बुटवल जेसीजका अध्यक्ष जेसी यमप्रसाद तिवारीज्यूको अध्यक्षता तथा महासचिव जेसी चन्द्रमणी भुसालको कार्यक्रम सञ्चालनमा पदाधिकारी तालिम सम्पन्न भएको थियो । बुटवल जेसीजका पूर्व अध्यक्ष, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष, जेसीआइका पूर्व उपाध्यक्ष तथा वर्ष–२०१८ का वरिष्ठ सल्लाहकार सिनेटर अनुममान सैँजु उक्त तालिमका प्रमुख प्रशिक्षक रहनुभएको थियो भने बुटवल जेसीजका पूर्वअध्यक्ष, नेपाल जेसीजका पूर्व का.का. उपाध्यक्ष तथा वर्ष–२०१८ का सल्लाहकार सिनेटर गोपाल पाण्डेले प्रशिक्षकको भूमिका निभाउनु भएको थियो ।

 पूर्व अध्यक्षद्वय सैँजू तथा पाण्डेले बुटवल जेसीजका पदाधिकारीहरुलाई समाजमा जेसीजको महत्व तथा पदाधिकारीले समाजमा निभाउनुपर्ने भूमिकाका साथै पदाधिकारीलाई आ–आफ्नो पदीय जिम्मेवारी र दायित्वप्रति जिम्मेवार रही वर्ष २०१८ लाई सफल बनाउँदै आफु पनि सफल बन्नका लागि उत्प्रेरित गराउनुभएको थियो । मुलुकमा लागु भएको नयाँ संघीय शासन अनुसार बुटवल जेसीजले प्रदेश नं.५ को प्रतिनिधित्व गर्दै अगाडी बढोस् भन्ने शुभकामना समेत दिनुभएको थियो । त्यसै क्रममा बुटवल जेसीजका पूर्व अध्यक्षद्वय सिनेटर दिनेश श्रेष्ठ तथा सिनेटर राजु पौडेलज्यूले समेत तालिममा सहभागी भई आफ्ना अनुभव सुनाउँदै आगामी दिनमा बुटवल जेसीजलाई सफल अनि सवल बनाउनका लागि चाहिने महत्वपूर्ण सुझाव सल्लाह समेत दिनुभएको थियो भने तालिमकै क्रममा बुटवल जेसीजका निवर्तमान अध्यक्ष सिनेटर राजेन्द्र घिमिरेले आफ्ना ताजा अनुभव सनाउँदै वर्ष २०१८ को सफलताका लागि आपूm हरपल तयार रहेको र आपूmलाई पर्ने जिम्मेवारी तथा सुझाव सल्लाहका लागि सदैव अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभएको थियो । 

तालिम अवधिभर पदाधिकारी तथा प्रशिक्षकहरुबिच अन्तरक्रिया गर्दै तालिममा आफ्ना कुरा राख्ने अवसर प्रदान गर्नुभएको थियो । करिब ३ः३० घण्टा लामो तालिम अवधिमा पदाधिकारीहरुलाई आफ्ना मनमा लागेका जिज्ञासा मेट्ने अवसर समेत प्रदान भएको थियो । तालिम अवधिको अन्त्यमा सहकोषाध्यक्ष जेसी प्रकाश शर्माले आफ्नो अनुभव सुनाउँदै सिक्नका लागि कहिल्यै पछि नपर्ने र उक्त तालिमले आपूmलाई धेरै कुराको ज्ञान भएको कुरा जनाउनुभएको थियो । तालिमको अन्त्यमा बुटवल जेसीजका अध्यक्ष जेसी यमप्रसाद तिवारीले प्रशिक्षकद्वय तथा सल्लाहकार बुटवल जेसिजका पूर्व अध्यक्ष ज्यूहरुका साथै सम्पूर्ण सहभागी पदाधिकारी साथीहरुलाई धन्यवाद दिँदै आगामी दिनका कार्यक्रममा पनि यस्तै उत्साहजनक सहभागिताको आशा राख्दै तालिमका प्रशिक्षकद्वयलाई मायाको चिनो वितरण गरी कार्यक्रम समापन भएको घोषणा गर्दै तालिमको समापन गरिएको थियो ।

JCI News Archive