धादिङ जेसीजद्वारा नौबिसेमा रक्तदान कार्यक्रम

2019-04-18

नागरिक पाटी April 17, 2019

नौबिसे । धादिङ जेसीजले पृथ्वीराजमार्गस्थित धादिङको नौबिसे चोकमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम मार्फत ४७ जनाले रक्तदान गरेको धादिङ जेसीजका अध्यक्ष जेसी विनोदकुमार उप्रेतीले बताउनुभयो । यस्तै बुधबार आयोजित रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको संस्थाका पुर्वअध्यक्ष जेसी सदिप विक्रम शाहले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रम सफल तुल्याउन सहयोग गर्ने एवम् समस्त रक्तदातालाई धादिङ जेसीजका अध्यक्ष जेसी विनोदकुमार उप्रेती, पुर्वअध्यक्ष जेसी प्रमोद पाठक र सल्लाहकार जेसी प्रितम त्रिपाठीले धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि सहयोग मिल्ने अपेक्षा एवम् विश्वास प्रकट गर्नुभएको छ ।

२०७५ बैशाख ४ गते प्रकाशित

Courtesy: www.nagarikpati.com




JCI News Archive