बुटवल जेसीजको होली मिलन कार्यक्रम

2018-11-08

कार्यक्रम : होली मिलन कार्यक्रम
क्षेत्र :  व्यक्तिगत
संयोजक :  जेसी गोपाल प्रसाद न्यौपाने
स्थान  : बुटवल जेसीज सचिवालय हल
मिति :  २०७४ फाल्गुण १८ गते शुक्रवार तदनुसार मार्च ०२, २०१८
अध्यक्षता  : अध्यक्ष जेसी यम प्रसाद तिवारी
सहभागी : ५५ जना जेसीज सदस्य
   
उद्देश्यः
हाम्रो मौलिक संस्कृतीको जगेर्ना गर्दै होली मार्फत वन्धुत्वको भावना अभिवृद्धी गर्नु ।
कार्यक्रमको संक्षिप्त विवरणः
बुटवल जेसीज २०१८ ले होली मिलन कार्यक्रम मार्फत नेपालीहरुको पर्व फागु (होली) मनाएको छ । फाल्गुण १८ गते शुक्रवार तद्अनुसार मार्च २ तारीखका दिन बुटवल जेसीजको आफ्नै सचिवालय भवनमा अध्यक्ष जेसी यम प्रसाद तिवारीको अध्यक्षतामा होली मिलन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको संचालन महासचिव जेसी चन्द्रमणी भुसालले गर्नु भएको थियो । कार्यक्रममा बुटवल जेसीजका सल्लाहकार तथा पूर्व अध्यक्ष ज्यूहरुका साथै सदस्यहरुको उल्लेखनिय उपस्थिती रहेको थियो । 

कार्यक्रमको शुरुवाती चरण औपचारीक रहेकोले सामूहिक राष्ट्रिय गान तथा जेसी दिपक श्रेष्ठको आस्थापाठ संगै कार्यक्रम शुरु गरिएको थियो । कार्यक्रममा सहभागी जेसी राजेन्द्र बहादुर जि.सी. को शुभकामना मन्तव्य संगै अगाडि बढेको औपचारीक कार्यक्रममा बुटवल जेसीजका पूर्व अध्यक्ष जेसी गोपाल प्रसाद अधिकारी ज्यूले आफ्नो शुभकामना मन्तव्य मार्फत रंगहरुको पर्व जस्तै सम्पूर्ण जेसीज सदस्यको जीवन रंगिनमय बनोस भन्ने शुभकामना दिनु भएको थियो । उक्त कार्यक्रममा बुटवल जेसीजका पूर्व अध्यक्ष, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष, जेसीआईका पूर्व उपाध्यक्ष तथा वुटवल जेसीज २०१८ का वरिष्ठ सल्लाहकार सिनेटर अनुपमान सैजु ज्यूले शुभकामना मन्तव्य दिदै रंगिन पर्व होलीले विगतका वैमनष्यताहरुलाईए विर्सेर नयाँ सम्बन्ध बनाउदै आगामी दिनहरु अगाडि बढुन् भन्दै उपस्थित सम्पूर्णलाई शुभकामना दिनु भएको थियो ।

 अन्त्यमा, औपचारीक कार्यक्रमको समापन मन्तव्य दिने क्रममा अध्यक्ष जेसी यम प्रसाद तिवारी ज्यूले आफ्नो शुभकामना मन्तव्य मार्फत होलीले सामाजिक सद्भावको अभिवृद्धी गर्दै सवैमा खुशियाली छाओस भन्दै उक्त होली मिलन कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन भएको घोषण संगै सम्पूर्ण सहभागीहरु विच विभिन्न रंगका अविरहरु लगाएर खुशि साटासाट गर्दै होलीको मनोरञ्जन गरिएको थियो । उक्त कार्यक्रममा पूर्व अध्यक्ष ज्यूहरुले सम्पूर्ण सदस्य ज्यूहरुलाई अविर लगाईदिदै शुभकामना समेत आदान प्रदान गरिएको थियो । करिव २ घण्टा लामो कार्यक्रममा सहभागी सम्पूर्ण सदस्य मित्रहरु विच सौहार्दपुर्ण वातावरणमा शुभकामना आदानप्रदान गर्दै होली मिलन कार्यक्रमको समापन गरिएको थियो । 



JCI News Archive