जेसी आई सिद्धार्थ नेपाल द्वारा आयोजित दीप प्रज्ज्वलन कार्यक्रम ! ! !

2019-04-23

आज मिती २०७५ फागुन ०७ गते मंगलबारको दिन जेसी आई सिद्धार्थ नेपालका अध्यक्ष जेसी राकेश गुरुङको अध्यक्षतामा ६९ औं प्रजातन्त्र दिवसको अवसरमा जेसी आई सिद्धार्थ नेपाल द्वारा दीप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरीयो । उक्त कार्यक्रमको संचालन महासचिब जेसी पंकज उदासले गर्नु भएको थियो भने आस्था पाठ कोष वृद्धि संयोजक जेसी हरीलाल जयसवालले गर्नु भएको थियो । उक्त कार्यक्रमको कार्यक्रम संयोजक आई टि चेयरमेन जेसी कुशल कुमार उपाध्याय ज्यु रहनु भएको थियो भने प्रमुख अतिथी यस संस्थाका वर्ष २००२ का अध्यक्ष जेसी राम कुमार शर्मा ज्यु रहनु भएको थियो । उक्त कार्यक्रममा यस संस्थाका पूर्व अध्यक्ष ज्यु हरु बोर्डका सदस्य ज्यु हरु, साधारण सदस्य र पर्यवेक्षक सदस्य ज्यु हरुको उल्लेखनिय उपस्थित रहेको थियो ।

JCI News Archive