जेसी आई सिद्धार्थ नेपाल द्वारा फागु पुर्णिमा होली मिलन कार्यक्रम ! ! !

2019-04-23

मिती २०७५ चैत्र 0७ गते बिहिबारको दिन जेसी आई सिद्धार्थ नेपालका अध्यक्ष जेसी राकेश गुरुङको अध्यक्षतामा जेसी आई सिद्धार्थ नेपाल द्वारा फागु पुर्णिमा होली मिलन कार्यक्रमको आयोजना गरीयो । उक्त कार्यक्रमको संचालन तालिम संयोजक जेसी कमल जी सी ले गर्नु भएको थियो भने आस्था पाठ एन बि एन कोर्डिनेटर जेसी गोपाल ज्ञवालीले गर्नु भएको थियो । उक्त कार्यक्रमको कार्यक्रम संयोजक कोषाध्यक्ष जेसी रिषी राम पाण्डेय ज्यु रहनु भएको थियो भने प्रमुख अतिथी यस संस्थाका वर्ष २००८ का अध्यक्ष जेसी खगेन्द्र शर्मा ज्यु रहनु भएको थियो । उक्त कार्यक्रममा यस संस्थाका पूर्व अध्यक्ष ज्यु हरु बोर्डका सदस्य ज्यु हरु, साधारण सदस्य र पर्यवेक्षक सदस्य ज्यु हरुको उल्लेखनिय उपस्थित रहेको थियो साथै जेसी आई सिद्धार्थ लेडी नेपालका अध्यक्ष जेसी पार्वती पौडेल ज्यु ,पूर्व अध्यक्ष ज्यु हरु , बोर्डका साथीहरुको उलेख्य उपस्तिथी रहेको थियो।

JCI News Archive