दाङ महिला जेसीज को आयोजना मा घैटो फोर खेल सम्पन्न

2019-04-24

 आज मिति २०७६-१-१० गते मंगलबार जेसीज सप्ताह अन्तर्गत को तेस्रो कार्यक्रम घैटो फोर खेल सम्पन्न।
          जेसी बसन्ता भण्डारी को संयोजकत्व मा दाङ महिला जेसीज को अध्यक्ष जेसी रेखा शर्मा को अध्यक्षता मा खेलकूद परिषद् का जिल्ला कोषाध्यक्ष कैलाश रोका ज्यु को प्रमुख् आतिथ्यता मा सम्पन्न खेल मा सहभागी १५ जना सहभागी थिए भने ४० जना को उपस्थिति रहेको थियो।
               जेसीज आस्थापाठ को अगुवाई जेसी नमा शर्मा ले गर्नु भएको थियो भने जेसीज सप्ताह को बारेमा मूल संयोजक जेसी जिबा भुसाल ज्यु ले जानकारी गराउनु भएको थियो। कार्यक्रम को उद्घाटन प्रमुख अतिथि ले क्याण्डिल बालेर गर्नु भएको थियो।
          उक्त कार्यक्रम मा प्रमुख् अतिथि लगायत अतिथि हरप्लेस दाङ का संयोजक , र दाङ महिला जेसीज का पूर्ब अध्यक्ष जेसी माया पोख्रेल ज्यु ले मन्तब्य राख्नु भएको थियो। खेल मा प्रथम र द्वितीय लाई पुरस्कार को ब्यबस्था गरिएको थियो। द्वित्तीय हुने मा मार्गदर्शन गल्स होस्टल को छात्रा सन्जु बुढा मगर, र प्रथम हुनेमा त्रिभवुवननगर जेसीज का जनसम्पर्क अधिकारी जेसी मिनराज भाट रहनु भएको थियो।
           धन्यवाद मन्तब्य जेसी सुनीता अधिकारी ले गर्नु भएको थियो भने कार्यक्रम सहजिकरण महासचिब जेसी अनीता ढकाल ले गर्नु भएको थियो।

JCI News Archive