Cleaning, Plantation

2019-04-25

त्रिभुबननगर जेसीजको सप्ताहब्यापी कार्यक्रम अन्तरगत तेस्रो दिन पनि विविध कार्यक्रम गरी सम्पन्न गरेको छ ।
बैशाख १ गतेबाट शुरु भएको यस वर्षको सप्ताह अन्तरगत मंगलबार सरसफाई, बृक्षारोपण र जेसीज मार्ग बोर्ड स्थापना गर्ने कार्यक्रम गरेको छ ।

कार्यक्रमका लागि घोराही उपमहानगरपालिका, लोटस् तालिम सेन्टर, घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको सहयोगमा उक्त कार्यक्रम जेसीजले गरेको हो । हरेक बर्ष जेसीजले नयाँ बर्षको सुरुवातसंगै सप्ताहब्यापी रुपमा विविध कार्यक्रम गरी सप्ताहब्यापी रुपमा कार्यक्रम गर्दै आएको छ ।



JCI News Archive