लेखनाथ जेसीजको २१ औँ पदस्थापन समारोह

2019-04-29

लेखनाथ जेसीज बर्ष २०१९ का लागि नयाँ कार्यसमितिको पद हस्तान्तरण कार्यक्रम तथा लेखनाथ जेसीजको २१ औँ पदस्थापना कार्यक्रम २०७५ साल माघ १२ गते शनिबारका दिन दिन पोखरा लेखनाथ महानगरपालिका–२९, स्थित सेभेन लेक्स रिसोर्टको सभा हलमा भव्यताका साथ सम्पन्न गरिएको छ । उक्त कार्यक्रम नेपाल सरकार गण्डकी प्रदेशका प्रदेश सांसद माननीय बिन्दुकुमार थापाज्यूकोे प्रमुख अतिथ्यता तथा नेपाल जेसीज वर्ष २०१९ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी रमेश चन्द्र भुषाल र लेखनाथ जेसीजको स्थापना समयका मातृशाखा पोखरा जेसीजका अध्यक्ष एवम् पोखरा महानगरपालिका वडा नंं.३ का वडा अध्यक्ष श्री रविन्द्र बहादुर प्रजुज्यूको विशेष आतिथ्यतामा भव्यताका साथ सम्पन्न गरिएको थियो ।

लेखनाथ जेसीजको २१ औँ पदस्थापना कार्यक्रमको समुद्घाटन लेखनाथ जेसीजको परिचय सहित प्रस्तावित सचिवलाय निर्माण सम्वन्धी भिडियो क्लिक गरि गरिएको थियो भने लेखनाथ जेसीज वर्ष २०१८ भरि भएगरेका कार्यक्रमहरु समेटिएर निर्माण गरिएको “प्रतिभा” नामक वार्षिक स्मारिका प्रमुख आमन्त्रित व्यक्तित्व र विशेष आमन्त्रित व्यक्तित्वले लोकार्पण गर्नुभएको थियो ।

लेखनाथ जेसीज वर्ष २०१८ का अध्यक्ष जेसी सालिकराम ओझाले वर्ष २०१९ का अध्यक्ष जेसी रोशन अधिकारीलाई शपथ खुवाई आफ्नो गलाबाट अध्यक्षीय माला तथा चेन पहिराएका थिए । शपथ खाएपछि वर्ष २०१९ का अध्यक्षले आफ्नो कार्यकालका कार्यसमिति साथीहरुलाई परिचय गराई सपथ खुवाउनुभएको थियो । साथै वर्ष २०१९ का अध्यक्षले आफ्नो नेतृत्वमा वर्ष २०१९ भरी गरिने कार्यक्रमहरुको बारेमा उपस्थ्ति सम्पूर्ण महानुभावहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा पदहस्तान्तरण नहुन्जेल बर्ष २०१८ का अध्यक्ष जेसी सालिकराम ओझाले सभापतित्व गर्नू भएको थियो भने पदको सपथ तथा चेन हस्तान्तरण पछी लेखनाथ जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी रोशन अधिकारीको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो ।

लेखनाथ जेसीज वर्ष २०१८ का अध्यक्ष जेसी सालिकराम ओझाले अध्यक्षीय मन्तव्यका साथै २०१८ मा कार्यसमितिमा रहेर सहयोग पु¥याउने जेसीज महानुभावहरु र पूर्व अध्यक्षज्यूहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

साथै लेखनाथ जुनियर जेसीजको पनि पदस्थापना रहेको यस कार्यक्रममा लेखनाथ जुनियर जेसीज वर्ष २०१८ का अध्यक्ष जु.जेसी उत्तम शर्मा पौडेलले वर्ष २०१९ का जुनियर जेसीजका अध्यक्ष जु.जेसी सर्वेन्द न्यौपानेलाई शपथ खुवाई आफ्नो गलाबाट वर्ष २०१९ का जु.जेसी अध्यक्ष सर्वेन्द्र न्यौपानेलाई चेन पहिराई आफ्नो पद हस्तान्तरण गरेका थिए । नवनिर्वाचित जुनियर जेसीज अध्यक्षले आफ्नो कार्यसमितिलाई परिचय गराई शपथ ग्रहण गराएका थिए ।

यस २१ औँ पदस्थापना कार्यक्रममा छिमेकी शाखाहरुको प्रतिनिधित्व गर्दै मातृशाखा पोखरा जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी सन्तोष शाही, पूर्व अध्यक्षहरुको तर्फबाट पूर्व अध्यक्ष श्री सुरेन्द्र अधिकारी, नरुपित राष्ट्रिय उपाध्यक्ष जेसी गोकुल सापकोटाले शुभकामना मन्तव्य व्यक्ति गर्नुभएको थियो ।

विशेष आमन्त्रित व्यक्तित्व निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी रमेशचन्द्र भुषाल र लेखनाथ जेसीज स्थापनाकालका मातृशाखा अध्यक्ष श्री रविन्द्र बहादुर प्रजुले लेखनाथ जेसीज यस क्षेत्रको एक अगुवाई संस्थाको रुपमा परिचित भएकोले यस क्षेत्रको विकासका लागी लेखनाथ जेसीजले अतुलनिय सहयोग पु¥याएको कुरा व्यक्ति गर्नुभएको थियो ।

प्रमुख आमन्त्रित व्यक्तित्व एवम् नेपाल सरकार गण्डकी प्रदेशका प्रदेश सांसद माननीय बिन्दु कुमार थापाले लेखनाथ जेसीजले विगतमा गरेका कामको प्रशंसा गर्दै वर्ष २०१९ लाई सफल वर्षको रुपमा चिनाउनका लागी शुभकामना दिँदै लेखनाथ जेसीजको सचिवालय निर्माणका लागी रु.५१,०००।– सहयोग गर्ने बताउनुभएको थियो । साथै लेखनाथ जेसीजलाई गण्डकी प्रदशेका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल जेसीजको तर्फबाट वर्ष २०१९ का निरुपित उपाध्यक्ष जेसी गोकुल सापकोटा, राष्ट्रिय कोषाध्यक्ष जेसी सुजन श्रेष्ठ र निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी रमेशचन्द्र भुषालको उपस्थिती रहेको थियो ।

लेखनाथ लायन्स सामुदायिक अस्पतालका सचिव श्री भरत प्रसाद तिवारी, लेखनाथ सामुदायिक सेवा केन्द्रका अध्यक्ष श्री भरत ओझा, त्रिवेणी ईन्टरनेशन कलेजका अध्यक्ष श्री बावुराम गिरी, ट्राफिक प्रहरी कार्यालय डाँडाकोनाकका प्रमुख श्री डोलेन्द्र हमाल, ईलाका प्रहरी कार्यालय, हंसपुर डाँडाकोनाकका कार्यवाहव प्रमुख प्रहरी निरिक्षक श्री विजय भण्डारी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष श्री कृष्णहरी भण्डारी, पोखरा लेडिज जेसीजका अध्यक्ष जेसी सपना गिरी, व्यासनगर जेसीजका अध्यक्ष जेसी रमेश गिरी, शुक्लागण्डकी जेसीजका अध्यक्ष जेसी मनिष श्रेष्ठ, गोरखा जेसीजका अध्यक्ष जेसी राजिब अधिकारी, लम्जुङ्ग जेसीजका अध्यक्ष जेसी पायल शर्मा लगायत विभिन्न संघ–संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थ्तिी रहेको थियो ।

लेखनाथ जेसीज भित्ररहेका सदस्यहरु मध्येबाट उत्कृष्ट काम गरेबापत वर्ष २०१८ का तालिम आयुक्त जेसी जिवन तिवारीलाई दिननाथ अवार्ड तथा लेखनाथ जेसीजलाई जेसीज बाहिरबाट सहयोग पु¥याउने मध्येबाट पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३० स्थायी बसोवास भएका श्री नवराज ओझालाई अमृता सम्मेलन अवार्डमार्फत सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक एवम् लेखनाथ जेसीज वर्ष २०१९ का कार्यकारिणी उपाध्यक्ष जेसी नवराज पौडेल, जेसीज आस्था पाठको अगुवाई कार्यकारिणी उपाध्यक्ष जेसी सुजन न्यौपाने, जेसीआई मिसन र भिजन उपाध्यक्ष जेसी मनोज बरालले गरेका थिए भने कार्यक्रमको सञ्चालन लेखनाथ जेसीज वर्ष २०१९ का महासचिव जेसी चिरञ्जिवी न्यौपानेले गरेका थिए ।

JCI News Archive