बुटवल जेसिजद्धारा आयोजित बनभोज तथा नव वर्ष २०७५ शुभकामना आदानप्रदान कार्यक्रम

2018-11-08

पृष्ठभुमि
बुटवल जेसिस १९७४ मा स्थापित बुटवल जेसीजेसीले जेसीज सदस्यहरु विच बन्धुत्वको भावनालाई थप कसिलो बनाउने लक्ष्यका साथ पुर्व निधारित कार्यक्रम अनुसार मणिमुकुन्द सेन पार्क फुलवारी बुटवलमा बनभोज तथा नव वर्ष २०७५ शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । बुटवल जेसीजका पूर्व अध्यक्ष ज्यूहरु, वर्ष २०१८ का पदाधिकारी तथा जेसीज सदस्यहरुको सहभागि रहेको उक्त बनभोज कार्यक्रमको संयोजक जेसी विजय कुमार वर्णवाल रहनुभएको थियो ।
बुटवल जेसीजका पूर्व अध्यक्ष ज्यूहरु तथा बुटवल जेसीज २०१८ का सदस्यहरु बिच एक आपसमा बन्धुत्व भावनालाई अझ प्रगाढ गर्ने मनोरञ्जन गर्ने उद्देश्यका साथ आयोजना गरीएको उक्त कार्यक्रममा सहभागीहरु बीच एकआपसमा नव वर्ष २०७५ सालको शुभकामना आदानप्रदान गरिएको थियो । सहभागी सम्पूर्ण सदस्यहरुले सांगीतीक मनोरञ्जनमा रमाएर रमाइलो गर्नुभएको थियो ।




कार्यक्रम  : बनभोज तथा नव वर्ष २०७५ शुभकामना आदानप्रदान कार्यक्रम
क्षेत्र    : व्यक्तिगत
मिति   : २०७५ चैत २४ गते
स्थान   : मणिमुकुन्द सेन पार्क बुटवल फुलवारी  
संयोजक  : जेसी विजय वर्नवाल
सहभागीसंख्या : 
                महिला  :0
                पुरुष  : ७५
उद्देश्य
 जेसीज मित्रहरु बिचमा बन्धुन्तबको भावनालाई थप प्रगाड बनाउने
 एक अर्कामा परिचित हुदैं मनोरञ्जन गर्ने
 शुभकामना आदानप्रदान गर्ने
कार्यविधि
 सामुहिक खानपिन
 नाच गान तथा आफ्ना कला प्रस्तुती गर्ने
अपेक्षित उपलब्धि
बुटवल जेसिसको बनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम एक आपसमा परिचित भई नयाँ वर्षको शुभकामना आदानप्रसाद गर्दै दैनिक कार्यबोझहरुलाई बिर्सिएर साथिहरु बिच परिचित हुदैं खानपान, मनोरन्जन तथा नाचगान साथै आ–आफ्ना कलाहरु प्रस्तुत गर्ने।



प्राप्त उपलब्धिहरु
बुटवल जेसिसको बनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम अत्यन्त रमाईलो र उत्साहाजनक रुपमा सम्पन्न भयो । शुभकामना साट्दै अत्यन्त हर्ष उल्लासका साथ नाचगान तथा सामुहिक खानपान ले सम्पुर्ण उक्त दिन रमाईलोका साथ बितेको थियो ।
सिकाई
आगामी दिनमा यो कार्यक्रमलाई निरन्तरता दिनु पर्ने र अर्को वर्ष पनि २०१८ मा जस्तै प्रभावकारी बनाउन मिहेनत गर्नु पर्ने ।
मुल्याङकन
बुटवल जेसिसको बनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम अत्यन्त रमाईलो र मनोरन्जनात्मक भयो । यस कार्यक्रमले सम्पुर्ण सदस्यहरु बिच बन्धुत्वको भावना बृद्धि सफल भएको छ ।
सुझाब तथा सिफारीस
जेसीज सदस्यहरुलाई आउँदा दिनहरुमा सकेसम्म धेरै उपस्थिती गराएमा कार्यक्रम अझ प्रभाबकारी हुने छ ।

JCI News Archive