लेखनाथ जेसीजमा शाखा पदाधिकारी तालिम

2019-04-29

लेखनाथ जेसीजका पदाधिकारीहरुलाई आ–आफ्ना पदिय जिम्मेवारी, काम, कर्तव्य, अधिकार र दायीत्व बोध गराउने उद्देश्यले २०७५ फाल्गुण ११ गते शनिबारका दिन शाखा पदाधिकारी तालिम पोखरा महानगरपालिका वडा नं.३१ स्थित होटल डे ब्रेकको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा लेखनाथ जेसीजको मातृशाखा पोखरा जेसीज वर्ष १९९४ का अध्यक्ष श्री नारायण शर्माज्यूले प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरि सहजीकारण गर्नुभएको थियो ।


लेखनाथ जेसीज वर्ष २०१९ का कार्यसमिति सदस्यहरु र क्रियाशिल सदस्यहरुको उपस्थितीमा शाखा पदाधिकारी तालिम सम्पन्न भएको हो । लेखनाथ जेसीजका पूर्व अध्यक्ष जेसी अर्जुन ओझा र चित्र प्रसाद भट्टराई सञ्जयज्यूले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यकारिणी उपाध्यक्ष जेसी सुजन न्यौपानेले उत्कृष्ट सहभागिताको अवार्ड प्राप्त गर्न सफल हुनुभएको थियो । वर्ष २०१९ का अध्यक्ष जेसी रोशन अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक जेसी चन्द्र प्रकाश ढुङ्गानाले स्वागत मन्तव्य, कार्यकारिणी उपाध्यक्ष जेसी नवराज पौडेलले धन्यवाद ज्ञापन राख्नुभएको थियो भने कार्यक्रम सन्चालन वर्ष २०१९ का महासचिव जेसी चिरञ्जिवी न्यौपानेले गर्नुभएको थियो ।

JCI News Archive