लेखनाथ जेसीजमा दोश्रो शुक्रवारसरीय प्रवचनमाला कार्यक्रम सम्पन्न

2019-04-29

युवाहरुको व्यक्तित्व र नेतृत्व क्षमतामा अभिवृद्धि गराउने उद्देश्यले लेखनाथ जेसीजद्धारा आफ्ना सदस्यहरुको वाककला परिस्कृत गराउने ध्येय स्वरुप दोश्रो शुक्रवारसरिय प्रवचनमाला कार्यक्रम २०७५ फाल्गुण २४ गते शुक्रवारका दिन सम्पन्न गरिएको छ । नेपाल जेसीज वर्ष २०१९ को राष्ट्रिय प्रकरण Rise to Lead, Leadership for Change & Development(नेतृत्वका लागी उदाऔँ, परिवर्तन र विकासका लागि नेतृत्व) भन्ने विषयमा आयोजना गरिएको दोश्रो शुक्रवारसरिय प्रवचनमाला कार्यक्रममा सदस्य जेसी नवराज पौडेल, जेसी कृष्ण तिवारी, जेसी चन्द्र प्रकाश ढुङ्गाना, जु जेसी सर्वेन्द्र न्यौपाने र जेसी कमल गौतम ले सहभागि जनाउनुभएको थियो । सहभागी सदस्यहरुमध्येबाट जेसी नवराज पौडेल उत्कृष्ट ठहरिनुभएको थियो । लेखनाथ जेसीजका अध्यक्ष जेसी रोशन अधिकारीको अध्यक्षतामा भएको शुक्रवारसरीय कार्यक्रमको प्रमुख निर्णायकमा पूर्व अध्यक्ष श्री ऋषिराम जमरकट्टेल र निर्णायकमा पूर्व अध्यक्ष श्री चित्र भट्टराई सञ्जय रहनुभएको थियो भने कार्यक्रम सञ्चालन शुक्रवारसरीय कार्यक्रम संयोजक जेसी कृष्ण तिवारीले सञ्चालन गर्नुभएको थियो ।

JCI News Archive