लेखनाथ जेसीजमा होली मिलन कार्यक्रम

2019-04-29

लेखनाथ जेसीजले २०७५ चैत्र ६ गते फागु पूर्णिमाको दिन विगतका वर्ष झैँ यस वर्ष प्नि होलि मिलन कार्यक्रम जेसीज सदस्यज्यूहरु बिच सम्पन्न गरिएको छ । लेखनाथ जेसीजका अध्यक्ष जेसी रोशन अधिकारीको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा करिव २० जना सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रम संयोजक जेसी सुजन न्यौपानेले स्वागत मन्तव्य राखेको कार्यक्रममा पूर्व अध्यक्ष जेसी अर्जुन ओझा, जुनियर जेसीज अध्यक्ष जु जेसी सर्वेन्द्र न्यौपाने, रोट्याक्ट क्लब अफ लेखनाथका अध्यक्ष जेसी सन्दिप पौडेलले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन महासचिव जेसी चिरञ्जिवी न्यौपानेले गर्नुभएको थियो । औपचारिक कार्यक्रम सम्पन्न पश्चात रोट्याक्ट क्लब अफ लेखनाथका साथीहरु, अन्य उपस्थित शुभचिन्तकहरुबिच रङ्ग लगाएर होली मिलन कार्यक्रम सम्पन्न गरिएको थियो ।

JCI News Archive