निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी गोकुल सापकोटालाई लेखनाथमा स्वागत

2019-04-29

नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष एवम् लेखनाथ जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी गोकुल सापकोटालाई लेखनाथ जेसीजले तालचोक स्थित सेभेन ईलाभेन रेष्टुरेण्टको सभाहलमा निरुपित राष्ट्रिय उपाध्यक्ष स्वागत एवम् शाखा भ्रमण कार्यक्रम मार्फत २०७५ चैत्र १२ गते मंगलबारका दिन स्वागत गरेको छ । कार्यक्रमा निरुपित राष्ट्रिय उपाध्यक्षले नेपाल जेसीजका कार्यक्रमहरुलाई सम्पन्न गर्न लेखनाथ जेसीजले आफ्नो स्थानबाट उल्लेखनीय सहयोग गरेको र आगामी दिनमा पनि सहयोगको अपेक्षा राख्दै लेखनाथ जेसीजलाई एक उत्कृष्ट शाखाका रुपमा चिनाउनका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा उपस्थित जेसीज सदस्यहरुले राख्नुभएका जिज्ञासाहरु राष्ट्रिय उपाध्यक्ष जेसी गोकुल सापकोटाले प्रष्ट पार्नुभएको थियो । 


लेखनाथ जेसीजका बोर्ड सल्लाहकार जेसी बद्रिदानथ पौडेल, पूर्व अध्यक्षरु जेसी सन्दिप ढुङ्गाना, जेसी विनोद प्रसाद लामिछाने र श्री लक्ष्मी प्रसाद त्रिपाठी, गौँडाकोट जेसीजका डाईरेक्टर जेसी हरि पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । लेखनाथ जेसीजका अध्यक्ष जेसी रोशन अधिकारीको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष जेसी सुजन न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव जेसी चिरञ्जिवी न्यौपानेले गर्नुभएको थियो ।

JCI News Archive