लेखनाथ जेसीजमा संसदीय सभा प्रणाली तालिम

2019-04-29

लेखनाथ जेसीजका सदस्यहरुको क्षमतामा अभिवृद्धि गराउने उद्देश्यले २०७५ चैत्र १५ गते शुक्रवारका दिन संसदीय सभा प्रणाली तालिम पोखरा महानगरपालिका वडा नं.३१ स्थित होटल डे ब्रेकको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा लेखनाथ जेसीजको मातृशाखा पोखरा जेसीज वर्ष २००५ का अध्यक्ष एवम् पुर्व राष्ट्रिय उपाध्यक्ष जेसीआई सिनेटर सुभास सिग्देलज्यूले प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरि सहजीकारण गर्नुभएको थियो ।


लेखनाथ जेसीज वर्ष २०१९ का कार्यसमिति सदस्यहरु र क्रियाशिल सदस्यहरुको उपस्थितीमा संसदीय व्यवस्था प्रणाली सम्पन्न भएको थियो । शुक्रवारसरीय प्रवचनमाला संयोजक जेसी कृष्ण तिवारीले उत्कृष्ट सहभागिताको अवार्ड प्राप्त गर्न सफल हुनुभयो । कार्यक्रममा लेखनाथ जुनियर जेसीजका अध्यक्ष जु जेसी सर्वेन्द्र न्यौपाने, र लेखनाथ जेसीजका पूर्व अध्यक्ष एवम् नेपाल जेसीज एरिया बि ट्रेनिङ् कमिसनर मेम्वर जेसी सन्दिप ढुङ्गानाले शुभकामना मन्तव्य राख्नुभएको थियो । वर्ष २०१९ का अध्यक्ष जेसी रोशन अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक जेसी चन्द्र प्रकाश ढुङ्गानाले स्वागत मन्तव्य, कार्यकारिणी उपाध्यक्ष जेसी नवराज पौडेलले धन्यवाद ज्ञापन राख्नुभएको थियो भने कार्यक्रम सन्चालन वर्ष २०१९ का महासचिव जेसी चिरञ्जिवी न्यौपानेले गर्नुभएको थियो ।

JCI News Archive