बुटवल जेसीजद्वारा आयोजीत जेसीज सप्ताहमा मेयर, डिएसपि र वडा अध्यक्षले गरे यस्तो खुलासा

2018-11-10

       संसारमा अपराध, मृत्यु र रोग तथा र घरायसी हिसांको प्रमुख कारक तत्वको रुपमा रहेको लागु औषध दुव्र्यसनको समस्याले नेपाललाई पनि प्रतिकुल असर पारिसकेको छ । बुटवल नगर पनि लागु औषध दुव्र्यसनको कारण उच्च जोखिम तथा मार रहेको देखिन्छ ।यसकारण बुटवल जेसीज वर्ष २०१८ ले ‘स्वस्थ युवा सुखि परिवार’ भन्ने मुल नाराका साथ यो वर्षको जेसीज सप्ताह लागु औषध दुव्र्यसन न्युनिकरणको लागि केन्द्रित गर्ने सोंचका साथ विशेष कार्यक्रमहरु सम्पन्न गरेको छ ।


बुटवल जेसीजको लागि वर्ष २०१८ का अध्यक्ष जेसी यमप्रसाद तिवारीले पदस्थापन समारोहमा कार्यक्रमहरु कार्यक्रमको लागि नभई उपलब्धिको लागि गर्ने प्रण अनुसार जेसीज सप्ताह विशेष बन्न पुगेको छ । युवाहरुलाई तालिमको माध्यमबाट नेतृत्व र ब्यक्तित्वमा सचेत गराए पनि उनिहरु स्वस्थ हुन सकेनन् भने जेसीजको लगानी खेर जाने भएकोले युवाहरुलाई स्वस्थ रहन र परिवारलाई सुखि बनाउन प्रेरित गर्ने लक्ष्य अनुसार यो वर्षको जेसीज सप्ताह सम्पन्न भएको छ ।


बुटवल नगर भित्रका विभिन्न कलेजहरुमा श्रब्यदृष्य माध्यमबाट सचेतना मुलक कार्यक्रम सम्पन्न गरि सकेपछि बुटवल जेसीजले विश्व युवा दिवसको पुर्व सन्ध्यामा बुटवल नगर भित्र कसरि दुब्र्यसन न्यूनिकरण गर्ने सन्र्दभमा बृहत सचेतना मुलक कार्यत्रम सम्पन्न गरेको छ । उक्त्त कार्यक्रममा बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदी लगाएत सम्पुर्ण वडाका वडा अध्यक्षहरु, सरोकारवाल निकाय, विभिन्न संघसंस्थाका पदाधिकारीहरुलाई भेला गरि नारकोन्न अमेरीका, दक्षिण एसिया प्रमुख बसन्तराज कुँवरले दुब्र्यसन न्युनिकरण बारे अवधारण प्रस्तुत गर्नु भएको थियो । सप्ताहब्यापि कार्यक्रमको जानकारी सहित यो विशेष प्रतिवेदन प्रस्तुत गरेको ब्यहोरा अुरोध गर्दछौं ।

जेसीज सप्ताहको पहिलो दिन साउन २० गते :


स्वस्थ युवा सुखि परिवार भन्ने मुल नाराका साथ जेसीज सप्ताह २०१८ बुटवलको सिद्धार्थ गौतम बुद्ध क्याम्पसबाट सुरु भयो । कार्यक्रम बुटवल जेसीजका अध्यक्ष जेसी यमप्रसाद तिवारीको अध्यक्षता, प्रदेश नम्वर पाँचका सामाजिक विकास मन्त्री माननीय सुर्दशन बरालको प्रमुख आतिथ्यता, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरि नायव उपरिक्षक डिल बहादु मल्ल, बरिष्ट मुटु रोग विशेषज्ञ डा. समिर गौतम, बुटवल जेसीजका पुर्व अध्यक्ष सिनेटर अनुपमान सैंजु, सिनेटर जगत बहादुर पोखरेल, सिनेटर दिनेश श्रेष्ठ, क्याम्पस प्रमुख बाबुराम पाण्डेको विशेष उपस्थिीमा सम्पन्न भएको थियो ।
करिब तिनसय युवाहरुको उपस्थिती रहेको कार्यक्रममा जेसीज आस्थापाठ पहिलो दिनको लागि संयोजक रहनु भएको जेसी मोहन न्यौपानेले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव जेसी चन्द्रमणि भुसालले गर्नु भएको थियो ।
कार्यक्रममा डा. समिरले युवाहरु कसिर दुब्र्यसनबाट बच्ने र कसरि स्वस्थ रहने सन्र्दभमा विशेष मन्तब्य बक्त गर्नु भएको थियो भने डिएसपि मल्लले लागु औषधको दुरुपयोगको कारण युवाहरुको जीवनमा पारेको प्रभाव र बुटवल नगरको अवस्थाबारे जानकारी दिनु भएको थियो । कार्यक्रममा नयाँ जीवन नामक लघु चलचित्र विमोचन गरिएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै बुटवल जेसीजका अध्यक्ष जेसी यम प्रसाद तिवारीले दुब्र्यसनको कारण कुनै पनि युवाको भविश्य अन्धकार नहोस, कम उमेरमै प्रेसर, सुगर र मुटु रोगको समस्या झेल्न नपरोस भनेर यो वर्षको जेसीज सप्ताह केन्द्रित गरेको बताउनु भएको थियो ।


जेसीज सप्ताहको दोस्रो दिन साउन २१ गते :

जेसीज सप्ताहको दोस्रो दिन हाम्रो अभियान बुटवलको मणि मुकुन्द कलेजमा पुग्यो । करिव २ सय युवाहरुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा बुटवल जेसीजका अध्यक्ष जेसी यम प्रसाद तिवारीको अध्यक्षता दुब्र्यसन न्यूनिकरणका अभियन्ता धर्मराज भट्टराई, क्याम्पसका विज्ञान संकायका संयोजक जेसी राजेन्द्र बहादुर जिसी लगाएतको विशेष उपस्थितीमा भएको कार्यक्रममा महासचिव चन्द्रमणि भुसालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने जेसीज आस्था पाठ जेसी केशव श्रीसले गर्नु भएको थियो । कार्यक्रममा नयाँ जीवन नामक लघु फिल्मको प्रदर्शनका साथै अभियन्ता धर्म राजले दुब्र्यसनका लक्ष्यण असर र बच्ने उपायबारे प्रशिक्षण दिनु भएको थियो ।

जेसीज सप्ताहको तेस्रो दिन साउन २२ गते :
जेसीज सप्ताहको तेस्रो दिन बुटवल जेसीज बुटवलको एम्स कलेजमा पुग्यो । करिव २ सय ५० युवाहरुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा बुटवल जेसीजका अध्यक्ष जेसी यम प्रसाद तिवारीको अध्यक्षता, इलाका प्रहरी कार्यलय बुटवलका प्रहरी नायव उपरिक्षक डिल बहादुर मल्ल र क्याम्पसका कार्यकारी निर्देशक गोपाल न्यौपानेको उपस्थितीमा भएको कार्यक्रममा महासचिव चन्द्रमणि भुसालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने जेसीज आस्था पाठ तेस्रो दिनका संयोजक जेसी जनक प्रसाद डमासेले गर्नु भएको थियो । नयाँ जीवन फिल्म प्रर्दशन गरेपछि दुब्र्यसनले घरपरिवारमा पार्ने असर, बुटवलका युवाहरुको अवस्थाबारे जानकारी दिदै दुब्र्यसनबाट बच्ने उपाएबारे डिएसपि मल्लले प्रशिक्षण दिनु भएको थियो ।

जेसीज सप्ताहको चौथो दिन साउन २३ गते:
स्वस्थ युवा सुखि परिवार नाराका साथ अघि बढेको बुटवल जेसीज चौथो दिन सम्म आईपुग्दा सफलता तर्फ उन्मुख रहेको अनुभूति गर्दै लुम्बिनि बाणिज्य क्याम्पसमा पुग्यो । करिव ३ सय युवाहरुको उपस्थितीम सम्पन्न भएको कार्यक्रममा बुटवल जेसीज २०१८ अध्यक्ष जेसी यम प्रसाद तिवारीले अध्यक्षता गर्नु भएको थियो भने बरिष्ठ मुट रोग विशेषज्ञ डा. समिर र क्याम्पसका निमित्त क्याम्पस प्रमुख विनोद ढुङगानाको विशेष उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव जेसी चन्द्र मणि भुसालले गर्नु भएको थियो भने जेसीज आस्था पाठ चौथो दिनका संयोज जेसी कमल शर्माले गर्नु भएको थियो । नयाँ जीवन फिल्म प्रर्दशन पछि डा. समिरले मुट कसरि बचाउने, जीवन शैली ब्यवस्थीत कसरी गर्ने र दुब्र्यसनबाट कसरि बच्ने सन्र्दभमा प्रशिक्षण दिनु भएको थियो ।


जेसीज सप्ताहको पाँचौ र छैठौ दिन साउन २४ र २५ गते:


करिब ११ सय युवाहरुको विचमा दुब्र्यसन न्यूनिकरण अभियान सञ्चालन गरे पछि दोस्रो चरणमा प्रवेश गर्नु अघि विभिन्न तयारी र छलफलको लागि पाँचौ र छैठौं दिन बुटवल जेसीजको टिम केन्द्रित रयो । पहिलो चरणमा युवाहरुको माझमा चेतना मुलक कार्यक्रम गर्ने र दोस्रो चरणमा जनप्रतिनिधि र सरोकारवाल निकायलाई भेला गरि बुटवलमा दुब्र्यसन न्यूनिकरणको नयाँ अध्याय सुरु गर्ने लक्ष्य अनुसार पत्राचार, चरणवद्ध छलफल गरियो । विज्ञहरुसंगको छलफल र ब्यापक तयारी पछि जेसीज सप्ताहको सातौं दिनमा प्रवेश गरियो जुन जेसीजको लागि मात्र नभइ बुटवल उपमहानगरकोलागि नै महत्व पुर्ण कार्यक्रम बन्न पर्यो । जसको सम्पुर्ण जानकारी तल प्रस्तुत गरिएको छ ।


जेसीज सप्ताहको दोस्रो चरण अर्थात सातौं साउन २६ गते :


शनिबार विहानै परेको झरिलाई छिचोल्दै जनप्रतिनिधी र सरोकारवाला निकायका अध्यक्ष तथा पदाधिकारीहरु सिद्धार्थ कटेजमा प्रवेश गर्नु भयो । निर्धारित समय भन्दा अगावै भएको उपस्थितीले सजिलै वुझ्न सकिन्थ्यो कि दुब्र्यसन न्यूनिकरणको लागि मानिसहरु कति आतुर छन् । करिव ७ सय जनाको क्षमता भएको हलमा मानिसहरुले खचाखच उपस्थिी पछि महासचिव जेसी चन्द्रमणि भुसालले कार्यक्रमको औपचारिक सुरुवात गर्नु भयो । कार्यक्रम बुटवल जेसीज वर्ष २०१८ का अध्यक्ष जेसी यम प्रसाद तिवारीको अध्यक्षता बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यता, नारकोनन् अमेरीका, दक्षिण एसिया प्रमुख तथा नेपाल प्रहरीका पुर्व एसएसपी बसन्तराज कुँवरको विशिष्ट आतिथ्यता, राजनैतिक दलका नेता, नागरिक अगुवा, पत्रकार, प्रहरी अधिकृत, विभिन्न संघसंस्थाका पदाधिकारी, विद्यार्थी संघठका युवा नेता,वडा अध्यक्षहरु र जेसीज सप्ताह मुल समारोह समितीका सल्लाहकार सिनेटर रञ्जित शेरचन, वर्ष २०१८ का विशिष्ट सल्लाहका सिनेटर अनुपमान सैंजु, सल्लाहकार सिनेटर दिनेश श्रेष्ठ, सिनेटर राजु पौडेल, बोड अफ ट्रष्टिजका अध्यक्ष सिनेटर विन्ध्या केशर जोशी लगाएत बुटवल जेसीजका पुर्व अध्यक्षज्यूहरु र जेसीज सदस्यहरुको उपस्थितीमा कार्यक्रम अघि बढ्यो । कार्यक्रममा जेसी कृष्ण तिवारीले जेसीज आस्था पाठ गर्नु भएको थियो भने आसन ग्रहण पछिको कार्यक्रमलाई नेपाल जेसीजका प्रशिक्षक जेसी रमेश अर्यालले सम्हाल्नु भयो ।


कार्यक्रममा स्वागत मन्तब्य राख्दै बुटवल जेसीजका अध्यक्ष जेसी यम प्रसाद तिवारीले बुटवल लागु औषध दुरुपयोगको अखडा बन्दै गएकोले भोलीको देश हाँक्ने युवाहरु अन्धकारमा रोमलिन नपरोस भनेर बुटवलमा लागु औषध दुब्र्यसन न्यूनिकरण कसरि गर्ने भनेर विश्व युवा दिवसको पुर्व सन्ध्यामा बृहत कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
अध्यक्षको स्वागत मन्तब्य पछि दुब्र्यसनको अवस्थालाई समेटेर तयार पारिएको भिडियो बेलहिया टु बुटवल प्रस्तुत गरिएको थियो ।उक्त भिडियो प्रर्दशन पछि बसन्तराज कुँवरले लागु औषध दुब्र्यसन न्यूनिकरण गर्ने सन्र्दभमा अवधारण सहितको आफ्नो प्रस्तुती दिन सुरु गर्नु भयो । बुटवलमा दुब्र्यसन न्यूनिकरणको लागि सवै भन्दा पहिले कस्ले जिम्मेवारी कस्ले लिनु भन्दै आफ्नो विशेष प्रस्तुती सुरु गर्नु भएका कुँवरले पटक पटक मेयर सावलाई सोही प्रश्न दोहोराएपछि मेयर सुवेदीले यसको जिम्म लिने पहिलो ब्यक्ति आफु नै रहेको बताउनु भयो ।
कुँवरले दुब्र्यसनको लागि गर्नु पर्ने मुख्य पाँच कामको बारेमा विभिन्न उदाहरण र घटनाहरु बारे प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा बोल्दै बुटवलका मेयर शिवराज सुवेदीले बुटवलमा दुब्र्यसन न्यूनिकरणको लागि आफुले नेतृत्व लिने र बुटवल जेसीजसंघ सहकार्य गर्न तयार रहेको बताउनु भयो । कार्यक्रम निकै प्रभावकारी रहेको बताउँदै सुवेदीले बजेटको अभाव नभएकोले मास्टर प्लान बनाएर तत्कार अघि वढ्ने प्रतिवद्धता जनाउनु भएको थियो । दुब्र्यसनमा लागेको युवाहरुलाई कसरि पहिचान गर्ने सन्दर्भमा कुँवरले प्रहरी अधिकृत र वढा अध्यक्षहरु तथा मेयरलाई विभिन्न किटको प्रयोग गर्ने तरिकाबारे प्रयोगात्मकरुपमा जानकारी दिनु भएको थियो । उक्क्त दिनको कार्यक्रम संयोज जेसी हरिविक्रम कुँवर रहनु भएको थियो ।


तेस्रो चरण ः जेसीज सप्ताहको समापन, पुरस्कार वितरण तथा अगष्टबल कार्यक्रम
कार्यक्रमहरु धेरै लामो हुँदा अर्थहिन हुने गरेको अवस्थालाई मध्यनजर गर्दैै बुटवल जेसीजको नेतृत्वले कार्यक्रमलाई चरणवद्ध तरिकाले सञ्चालन गर्ने लक्ष्यका साथ साउन २६ गते दुब्र्यसन न्यूनिकरण सम्वन्धी वृहत कार्यक्रम गरि सोही दिन अर्को चरणको कार्यक्रम गरि जेसीज सप्ताहको समापन भयो । उक्त कार्यक्रममा अहिले सम्म सम्पन्न भएका कार्यक्रम संयोजकलाई मायाँको चिनो वितरण गरिएको थियो । यस्तै बुटवल जेसीजको विधान अनुसार नयाँ सदस्यहरुलाई बुटवल जेसीजका पुर्व अध्यक्ष सिनेटर निर्मल प्रसाद लाकौलले सपथ गराउनु भएको थियो भने पुर्व अध्यक्ष सिनेटर अनुपमान सैंजुले जेसीजको पिन प्रदान गर्नु भएको थियो । सोही समारोहमा बुटवल जेसीजका पुर्व अध्यक्षको सम्मानका लागि अगष्ट वल कार्यक्रम गरिएको थियो । कार्यक्रममा अगष्ट बलका संस्थापक जेसी मथुरा पिया, पुर्व अध्यक्ष सिनेटर निर्मल प्रसाद लाकौल र जगतबहादुर पोखरेलले मन्तब्य राख्नु भएको थियो । उक्त कार्यक्रमको अवधि भर विहान सम्पन्न भएको कार्यक्रम उपलब्धि मुलक भएको भन्दै पुर्व अध्यक्ष ज्यूहरुले प्रशंसा गर्नु भएको थियो । उक्त कार्यक्रमको संयोजक महासचिव चन्द्रमणि भुसाल हुनुहुन्थ्यो ।

JCI News Archive