नारायणगढ जेसीजको पर्यटन प्रवर्द्धन कार्यक्रम तथा चौथो संचालक समितिको बैठक सम्पन्न

2019-04-30

नारायणगढ जेसीजले बर्ष २०१९ को शाखाको प्रकरण 'समृद्धिको लागि युवा' अन्तर्गत देशको आर्थिक विकास र समृद्धिका लागि कोसेढुङ्गा पर्यटन प्रवर्द्धनका का लागि साथै नेपाल सरकारले घोषणा गरेको "नेपाल भ्रमण बर्ष २०२० - जीवनभरको अनुभव" को प्रवर्द्धन गर्ने उद्देश्यले "पर्यटन प्रवर्द्धन कार्यक्रम तथा चौथो संचालक समितिको बैठक" चितवन जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य चितवन राष्ट्रिय निकुञ्ज भित्र अवस्थित बिसहजारी तालमा सम्पन्न गरेको छ । सो बैठक पर्यटन प्रवर्द्धनको सकारात्मक सन्देश प्रवाह गर्न सफल हुनेछ भन्ने पूर्ण विश्वास पनि लिएका छौं ।

बिसहजारी ताल आफैंमा विविधता बोकेको ताल हो । यहाँको मुख्य आकर्षण भनेको विभिन्न प्रजातिका चराचुरुङ्गी र वन्यजन्तु रहेको छ । यहाँ पाइने चराहरू साइबेरिया देखि बसाई सराई गरी महिनौंको यात्रा तय गरेर यस ताल सम्म आईपुग्छ । एक सिंगे गैंडा, गोही, हरिण, मृग, चितुवा जस्ता जनावरहरु यसका थप आकर्षण रहेको छ ।

शाखा अध्यक्ष जेसी बिकास मान श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पुर्व अध्यक्षज्युहरु सिनेटर सुदिप सिं अधिकारी, जेसी मनोज श्रेष्ठ तथा सिनेटर बाबुराम रामदामको उपस्थिति रहेको थियो ।


JCI News Archive