येही बैशाख १८ गते बुधबारको दिन बिश्व श्रमिक दिवसको उपलक्ष्यमा जेसीआई सिद्धार्थ, नेपाल द्वारा खुल्ला रक्तदान कार्यक्रम ! ! !

2019-05-05

येही बैशाख १८ गते बुधबारको दिन बिश्व श्रमिक दिवसको उपलक्ष्यमा जेसीआई सिद्धार्थ, नेपालले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । जेसी आई सिद्धार्थ , नेपाल वर्ष २०१९ का अध्यक्ष जेसी राकेश गुरुङको अध्यक्षतामा यस संस्थाका वर्ष १९९० का अध्यक्ष सिनेटर प्रा सुदर्शन प्रसाद नेपाल ज्यू को प्रमुख आतिथ्यतामा सिद्धार्थनगर स्तिथ भिम हस्पिटलमा जेसीआई सिद्धार्थ लेडी, नेपालका अध्यक्ष जेसी पार्वती पौडेल ज्यु, यस संस्थाका निबर्तमान अध्यक्ष नेपाल जेसीज वर्ष २०१९ का राष्ट्रीय उपाध्यक्ष सिनेटर कमल भण्डारी ज्यु , श्री सशस्त्र प्रहरी बल नेपाल २७ नं गण हेडक्वाटर रुपन्देहीका प्रहरी उपरीक्षक बसन्त कुमार बोगटी ज्यु को आतिथ्यतामा यस संस्थाका पूर्व अध्यक्ष ज्यु हरु, जेसीआई सिद्धार्थ लेडी, नेपालका पूर्व अध्यक्ष ज्यु हरु, यस संस्थाका बोर्डका पदाधिकारीज्यू हरु, साधारण सदस्यज्यू हरु , पर्यवेक्षक सदस्यज्यू हरुको ऊपस्तिथि रहेको कार्यक्रममा कार्यक्रम संयोजक जेसी दीपक सापकोटा ज्यु को स्वागत, कोष वृद्धि संयोजक जेसी हरिलाल जयसवाल ज्यु को आस्था पाठ, क्षेत्र घ संयोजक जेसी सागर पोख्रेल ज्यु को संचालनमा कार्यक्रम सम्पन्न गरियो । उक्त रक्तदान कार्यक्रममा ३२ पिन रगत संकलन भएको थियो ! ! !

JCI News Archive