खुदुनाबारीमा हेन्डराइटिङ प्रतियोगिता सम्पन्न

2019-05-09

अर्जुनधारा, २२ वैशाख । अर्जुनधारा नगरपालीका वडा नं. ३ स्थित जनता माध्यमिक विद्यालय खुदुनाबारीमा हेन्डराइटिङ प्रतियोगिता सम्पन्न भएको छ ।

अर्जुनधारा जेसिजको आयोजनामा भएको प्रतियोगितामा कक्षा १ देखि १० सम्मका ६० भन्दा बढीको सहभागिता रहेको थियो ।

कक्षा ९ र १० ,६–८ ,४र ५ ,१–३ का विद्यार्थी बीच नेपाली र अंग्रेजी दुबै भाषामा प्रतियोगिता गरिएको थियो ।

कक्षा ९ र १० अन्तर्गत अंग्रजीतर्फ विशेष लिम्बू ,यमूना भुजेल ,शान्ता सापकोटा ,क्रमशः प्रथम ,द्वितीय ,तृतीय भएका थिए भने नेपाली तर्फ सुजन पौडेल ,आयूसा सिवा ,दिलमाया गुरुङ क्रमशः प्रथम ,द्वितीय ,तृतीय भएका थिए ।

यसरी नै कक्षा ६ –८ बाट अंग्रजीमा गौरव निरौला ,दिप्ती बोहोरा ,निशा गौतम क्रमशः प्रथम ,द्वितीय ,तृतीय भए भने नेपालीमा राजकुमार राई प्रथम ,विकास श्रेष्ठ द्वितीय र नवीना कुमाल तृतीय भएकी थिइन् ।
त्यसैगरी कक्षा ४ र ५ बाट रोसनी दुलाल प्रथम ,तेनिशा बास्कोटा द्वितीय ,प्रीती खनाल तृतीय भएकी थिइन् ।

कक्षा १–३ मा कृती आचार्य ,सपना लिम्बू र प्रमिश भट्टराई क्रमशः प्रथम ,द्वितीय ,तृतीय भएका थिए ।

प्रतियोगितामा प्रथम ,द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई प्रमुख अतिथि तथा वडा नं.३ का अध्यक्ष जीवनकुमार भण्डारी , निवर्तमान अध्यक्ष अजय देव लगायतले प्रमाणपत्र र पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि भण्डारीले अर्जुनधारा जेसिजले सकरात्मक र रचनात्मक कार्यक्रम गरेकोमा प्रशंसा गरे ।उनले विद्यार्थी देशको भविष्य भएको बताउँदै अनुशासनमा रहनुपर्ने बताए ।
कार्यक्रममा अध्यक्ष टीकाराम गौतमले नेतृत्व र व्यक्तित्व विकाससँगै शैक्षिक विकासमा पनि आफूहरुको ध्यान केन्द्रित भएको बताए ।

अध्यक्ष गौतमको सभापतित्वमा भएको कार्यक्रममा जेसिजका निवर्तमान अध्यक्ष देव ,विद्यालयका सहायक प्रधानाध्यापक डम्मरकेशर नेपाल ,कानुनी सल्लाहकार राजन साम्पाङ ,शिक्षक प्रेमराज गौतम लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका संयोजक दिपेश भण्डारीले स्वागत गरेको कार्यक्रममा महिला संयोजक सुष्मा तिखत्रीले आस्था वाचन गरेकी थिइन् ।कार्यक्रमको सञ्चालन भने महासचिव भास्कर भट्टराईले गरेका थिए ।

JCI News Archive