लागुपदार्थ दुव्र्यसन विरुद्ध सचेतना

2019-05-20

अर्जुनधारा,जेठ ०५। लागु पदार्थ दुव्र्यसन न्यूनीकरण गर्ने उदेश्यका साथ अर्जुनधारा जेसिजले एक दिवसीय लागुपदार्थ दुव्र्यसन विरुद्ध सचेतना तालिम सम्पन्न गरेको छ ।

अर्जुनधारा–५ स्थित भानु मा.विमा आयोजित तालिममा कक्षा ८ देखि १० सम्मका ६० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
अधिकांश स्कुले विद्यर्थीहरु कुलतमा फस्ने हुँदा यस्ता खाल्का तालिम विद्यालयमा आवश्यक भएको महसुस गर्दै आयोजना गरिएको अध्यक्ष टि.आर गौतमले बताए ।

अध्यक्ष गौतमले बोल्दै किशोरा अवस्थामा कुलत तर्फ लाग्ने सम्भावना अत्याधिक भएको हुँदा त्यसलाई रोक्नका लागी यस्ता खालका तालिम कोशेढुंगो हुने बताए ।

जेसिजका उपाध्यक्ष सुमन राईको समयोजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथि बाल क्लब संरक्षक तथा शिक्षक लक्ष्मी कुमारी भण्डारी रहेकी थिईन ।

कार्यक्रममा शिक्षक सागर मिश्र ,देवि प्रसाद गौतम ,कानुनी सल्लाहकार राजन साम्पाङ ,संयोजक सुस्मा तिखत्री लगायतको उपस्थिति थियो ।
जेसिज अध्यक्ष गौतमको सभापतित्वमा भएको कार्यक्रममा आस्था बाचन उपाध्यक्ष बिमला भट्टराई , स्वागत उर्मिला दाहालले र कार्यक्रम महासचिव भास्कर भट्टराईले गरेका थिए ।

कार्यक्रममा मनोसामाजिक परामर्शकर्ता पदम सुवेदीले सहजीकरण गरेका थिए ।


JCI News Archive