बाहुण्डाँगी जेसीजद्धारा विद्यार्थीहरुको ‘प्रभावकारी भाषणकला सम्पन्न’

2019-05-23

बाहुण्डाँगी, ७ जेठ । बाहुण्डाँगी जेसीजको आयोजनामा जारी ८ दिवसीय तालिम अन्तर्गत ‘प्रभावकारी भाषण कला’ सम्बन्धी तालिम सम्पन्न भएको छ ।
दुई दिनसम्म सञ्चालन तालिमा मेचीनगरका २६ वटा माध्यमिक तहका सामुदायिक तथा नीजि विद्यालयका ५२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण पहिलो दिन नेपाल जेसीजकी ट्रेनर मञ्जरी घिमिरे र दोस्रो दिन विराट एफएमकी प्रबन्धक लिला अनमोलले गर्नु भएको थियो ।
यस तालिममा सहभागी विद्यार्थीले जेठ १७ गते बाहुण्डाँगीमा हुने मेचीनगर स्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगितामा भाग लिनेछन् । उक्त प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीले नगद पुरस्कार सहित ‘जेसीज अफ द अवार्ड’ प्राप्त गर्नेछन् ।
बाहुण्डाँगी जेसीज वर्ष २०१९ का अध्यक्ष कञ्चन उप्रेतीको सभापतित्व तथा नेपाल ेसीज क्षेत्र क का थिम डाइरेक्टर अजयकुमार देवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखाका निवर्तमान अध्यक्ष जीवन मोते, सहभागीका तर्फबाट विद्यार्थी सहिद दशरथ माविकी स्वीकृति सिग्देल र एभ्रेष्ट अंग्रेजी स्कुलका प्रविन ठाकुरले तालिममा सिकेका सीपलाई आफ्नो व्यवहारमा लागु गर्न आग्रह गर्नु भएको थियो । सहभागी विद्यार्थीहरुलाई सहभागीता प्रमाण पत्र प्रदान गरिएको कार्यक्रमको संयोजक प्रविण भण्डारीले बताउनु भयो । कार्यक्रमको संचालन महासचिव देबु बानियाँले गर्नु भएको थियो । समापन समारोहमा शाखाका कार्यक्रम संयोजक सागर कार्की, कार्यकारीणी उपाध्यक्ष अभिषृेक मेहेता, उपाध्यक्ष सुनिल धिमाल तालिम संयोजक निकेश दाहाललगायतको सहभागिता रहेको थियो ।


JCI News Archive