लागु औषध दुर्ब्यसन नियन्त्रण, रोकथामका लागि सचेतना कार्यक्रम (२० जेष्ठ १०८१ आइतबार)

2024-06-09

लागु औषध दुर्ब्यसन नियन्त्रण, रोकथामका लागि सचेतना कार्यक्रम  (२० जेष्ठ १०८१ आइतबार)                                       यही मिति २०/०२/२०८१ आईतबारका दिन लागु औषध दुर्ब्यसन नियन्त्रण, रोकथामका लागि सचेतना कार्यक्रम                 दमक जेसिजको आयोजना र दमक नगरपालिका सङ्गको सहकार्यमा श्री पृथ्वी मा.बि दमक ७, झापाको कक्षा १०मा अध्ययनरत १५० जना विद्यार्थीहरुको सहभागितामा सम्पन्न  भएको छ l  सचेतना तालिम कार्यक्रममा प्रमुख अतिथि दमक नगरपालिका का नगर प्रमुख रामकुमार थापा, विशिष्ठ अतिथी वडा अध्यक्ष  भीम पौडेल अतिथी हरु जनप्रतिनिधि अतीत राई, तारा रनपहेली,मान बहादुर खवास,नेपाल जेसिजका राष्ट्रिय तालिम आयुक्त जेसी सुयोग खरेल, पूर्व अध्यक्ष जेसी संजीव बराल, कमल कटुवाल विद्यालयका प्रधनाध्यापक विष्णु बहादुर राई ज्युको  आतिथ्यता  र  कार्यक्रमको सभापप्तिव दमक जेसिज अध्यक्ष जेसी रामचन्द्र अधिकारी रहनु भएको थियो सचेतना तालिमको प्रमुख प्रशिक्षक ईलाका प्रहरी कार्यलय दमकका प्र.व.ना.नि कृष्णा कुमारी अधिकारी,शान्तभाव सुधार गृह दमकका काउन्सेलर र सञ्चालक फुर्वा तामाङ र कार्यक्रमको संयोजक दमक जेसिज २०२४ का तालिम निर्देशक जेसी सरोज ढकाल‌ रहनु भएको थियो।



JCI News Archive