बुटवल जेसीजले तालिम सप्ताह गर्दै

2019-05-24

नेपाल जेसीजको पुरानो शाखा बुटवल जेसीजले तालिम सप्ताह गर्ने भएको छ । सात दिन सात तालिम नारा दिइएको उक्त तालिम सप्ताह यहि जेठ ११ गते देखि सुरु हुने बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेले जानकारी दिनु भयो ।
बुटवल उपमहानगरका विभिन्न वडा कार्यालयसंगको सहकार्यमा सञ्चालन हुन लागेको तालिममा एक हजार जनालाई तालिम प्रदान गर्ने लक्ष्य लिएको तालिम सप्ताहका निर्देशक जेसी रमेश अर्यालले बताउनु भयो । 


तालिममा नेपाल जेसीजका निर्वतमान अध्यक्ष सिनेटर श्रीधर वस्याल, बुटवल जेसीजका पुर्व अध्यक्षहरु सिनेटर गोपाल प्रसाद पाण्डे,सिनेटर मनोज भट्टराई,जेसी गोपाल प्रसाद अधिकारी, सिनेटर राजु पौडेल र प्रोफेसर राजेन्द्र लम्साल, युएनडिपिका सुदिप अर्याल लगाएतले प्रशिक्षण दिने वर्ष २०१९ का तालिम संयोजक धुव्रराज अर्यालले जानकारी दिनु भएको छ ।


कार्यकालको सुरुवात देखि नै महत्वपुर्ण तालिमलाई प्राथमिकता दिनु भएका बुटवल जेसीजका अध्यक्ष नरदेव न्यौपानेले तालिम सप्ताहले टोलटोलमा जेसीज अभियानलाई पुराउन सहयोग गर्ने विस्वास लिनु भएको छ । 


तालिम सम्पन्न गर्नकोलागि सात जना संयोजक समेत तोकिएको छ । जेसी महेश पाण्डे, जेसी अमर खत्री, जेसी रमेश अर्याल वि, जेसी मधु न्यौपाने, जेसी प्रकाश शर्मा, जेसी राजु उप्रेति, जेसी गोपाल न्यौपाने तालिम सप्ताहको लागि संयोजक रहनु भएको छ । तालिम नेतृत्व तथा ब्यक्तित्व विकास, भाषण कला, उद्घोषण कला, समय ब्यवस्थापन लगाएतका विषयमा केन्द्रित रहने छ । 


तालिममा अग्नि सिमेन्ट मुख्य सहयोगी रहेको छ भने बुटवल वाईर्कस प्रा.लि., वल्र्ड लिङ, शिखर ट्रेर्डस, शिखर इन्टेरियर लगातका प्रतिष्ठानहरु सहयोगीको भूमिकामा रहेका छन् ।

JCI News Archive