सुरुङ्गा जेसिजले ३२०० जनाको मुटु परीक्षण गर्यो ।

2019-05-26

  झापाको कनकाई र शिवसताक्षीमा दुई दिने निशुल्क मुटु रोग सम्वन्धि वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
काठमाण्डौस्थित मनमोहन कार्डियो हस्पिटलको प्राविधिक सहयोग रहेको स्वास्थ्य शिविरवाट दुई दिनमा ३ हजार २०० जनाको मुटु परिक्षण गरिएको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ एवम् सेभ द हर्टका अध्यक्ष डा.अनिल भट्टराईको नेतृत्वमा रहेको टोलीले मुटु सम्वन्धिका विरामीहरुको स्वास्थ्य परिक्षण गरेको हो । झापामा भएको दुईवटा शिविरमा देखिएको मुटुका विरामीहरुको संख्याका आधारमा समग्र जिल्लाको तथ्याङ्कलाई हेर्दा झापामा १२ प्रतिशत सम्म मानिसहरु मुटुरोगी हुन सक्ने डा.भट्टराईले जानाकारी दिनुभएको छ ।
  झापाको शिवसताक्षीस्थित ध्रुवतारा आवासीय अंग्रेजी माविमा शुक्रवार र कनकाई नगरपालिकाको सुरुङ्गास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शनिवार गरेर अलग अलग दुई स्थानमा भएको मुटु रोग सम्वन्धिको शिविरमा १ हजार ९२२ महिला र १ हजार २ सय ७८ पुरुषको मुटु परिक्षण भएको वताइएको छ ।
स्वास्थ्य शिविरमा भएको मुटु परिक्षणवाट शिवसताक्षीमा ४६ र सुरुङ्गामा ६७ गरी गम्भिर देखीएका १ सय १३ मुटु रोगीहरुलाई काठमाण्डौस्थित मनमोहन कार्डियो हस्पिटलमा रेफर गरिएको वताइएको छ । त्यस्तै मुटु परिक्षणवाट ३० जना जन्मजात मुटुरोगी भेटिएको डा. अनिल भट्टराईले वताउँनुभएको छ । यस अघि नै अप्रेसन भइसकेका ३० जना मुटुका विरामीहरु पmलोअपमा आएका थिए भने मुटुको र्युमाटिक हार्ट डिजिजका समेत ४३ जना विरामीहरुको मुटु परिक्षण भएको वताइएको छ ।

  शिविर संचालन गर्नका लागि झापा क्षेत्र नं.४ का प्रतिनिधी सभा सदस्य एलपी साँवा लिम्वू, झापा क्षेत्र नं. ४ का प्रदेश सभा सदस्यद्वय झलकसिंह दर्लामी मगर र हिराकुमार थापा, शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्मा, कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल, झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह सहितको एक संयोजन समितिले महत्वपूर्ण भूमिका खेलेको थियो ।
  सुरुङ्गा जेसीज, सतासी धाम जेसीजको आयोजना रहेको शिविरमा निजि विद्यालयहरुको संस्था प्याव्सन शिवसताक्षी, कनकाई र झापा गाउँपालिका, कनकाई विर्ताअर्जुन नविकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन लिमिटेड, कनकाई सामुदायिक वन र लायन्स क्लव अफ शिवसताक्षी लगायतका शैक्षिक तथा सामाजिक संस्थाहरुको सहकार्य रहेको आयोजक संस्था सुरुङ्गा जेसीजका अध्यक्ष कमल कट्टेलले वताएका छन् ।

JCI News Archive