अर्जुनधारा जेसीजको आयोजनामा निःशुल्क अाँखा उपचार शिविर

2019-05-28


खुदुनावारी, ११ जेठ । अर्जुनधारा जेसिजको आयोजनामा एक दिने निःशुल्क आँखा उपचार शिविर कार्यक्रम सम्पन्न गरिएको छ ।


शनिबार अर्जुनधारा नगरपालीका वडा नं. ३ खुदुनावारी स्थित न्यु होप अङग्रेजि माध्यमिक विद्यालयमा सम्पन्न कार्यक्रममा मेचि दिव्यज्योति आँखा अस्पताल, मेचिनगरको प्राविधिक सहयोग रहेको थियो ।

उक्त शिविरमा अर्जुनधारा नगरपालीका वडा नं. २ र ३ का ३०० जना स्थानियले निःशुल्क अँखा उपचार गराएका थीए ।


उपाध्यक्ष जेसि वसन्त बुढाथोकिको संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा वडा न.३ का वडाध्यक्ष जिवनकुमार भण्डारी , जेसिजका अध्यक्ष टि.आर गौतम , आँखा अस्पतालका प्रतिनिधि तथा न्यु होप अङग्रेजि माध्यमिक विद्यालयमा प्रधानाध्यापक बोलेका थिए ।
जेसिजका अध्यक्ष टि.आर गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रमका संयोजक बुढाथोकिले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै स्वागत गरे ।


जेसिज आस्था वाचन उपाध्यक्ष विमला भट्टराईले गरिन् भने कार्यक्रम सञ्चालन महासचिव भास्कर भट्टराईले गरेका थिए ।

JCI News Archive