बुटवल जेसीजको तालिम सप्ताह : तस्रो दिन Teamwork with time management तालिम सम्पन्न

2019-05-29

बुटवल जेसीज वर्ष २०१९ ले सुरु गरेको तालिम सप्ताह अन्तरगत आज जेठ १३ गते Teamwork with time management विषयक तालिम सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्वर ४ संगको सहकार्यमा उक्त तालिम सम्पन्न भएको हो । बुटवल जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी नरदेव न्यौपानेको अध्यक्षता, बुटवल उपमहानगरपालिका वडा नम्वर ४ का अध्यक्ष टंक प्रसाद पराजुलिको प्रमुख आतिथ्यता, बुटवल जेसीजका पुर्व अध्यक्ष जेसी नवराज श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा नेपाल जेसीजका पुर्व राष्ट्रिय उपाध्यक्ष, बुटवल जेसीजका पुर्व अध्यक्ष तथा वर्ष २०१९ का सल्लाहकार सिनेटर राजेन्द्र घिमिरेको विशेष उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै बुटवल जेसीजका पुर्व अध्यक्ष जेसी नवराज श्रेष्ठले बुटवल जेसीज वर्ष २०१९ का अध्यक्ष नरदेव न्यौपानेले तालिम सप्ताहको आयोजना गरेर जेसीज अभियानलाई थप बलियो बनाउन महत्वपुर्ण भूमिका खेलेको उल्लेख गर्दै शुभकामना प्रकट गर्नु भएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नम्वर ४ का अध्यक्ष टंक प्रसाद पराजुलिले ब्यक्तित्व र नेतृत्व विकासमा बुटवल जेसीजले महत्वपुर्ण भूमिका खेलेको चर्चा गर्दै तालिमको माध्यमबाट सभ्य समाज निमार्ण गर्ने अभियानमा बुटवल जेसीजसंग सहकार्य गर्ने प्रतिवद्धता प्रकट गर्नु भयो । उहाँ बुटवल जेसीजका पुर्व उपाध्यक्ष समेत हुनहुन्छ ।
कार्यक्रममा बोल्दै बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेले बुटवल जेसीजका अग्रज ब्यक्तित्व, वडा नम्वर ४ का अध्यक्ष टंक प्रसाद पराजुलिज्यूसंग सहकार्य गर्न पाउँदा खुसि लागेको बताउनु भएको छ । उहाँले तालिमको माध्यमबाट सहभागिहरुको नेतृत्व र ब्यक्तित्व विकास गरि सक्रिय नागरिकको रुपमा समाजलाई हष्तान्तरण गर्न तालिम सप्ताह सुरु गरेको धारणा राख्नु भयो ।

तालिममा रोटरी इन्टरन्यासनल ३२९२ नेपाल भुटानका डिष्ट्रिक प्रशिक्षक तथा प्रोफेसर राजेन्द्र लम्सालले प्रमुख प्रशिक्षकको रुपमा प्रशिक्षण दिनु भएको थियो । तालिम सप्ताहका निर्देशक जेसी रमेश अर्यालको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन महासचिव जेसी राजिव गौतमले गर्नु भएको थियो । 


तालिम सप्ताह अन्तरगत जेठ १५ गते बुटवल १३ मा उद्घोषण कला सम्बन्धी तालिम सञ्चालन हुने बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेले जानकारी दिनु भएको छ । उक्त तालिममा नेपाल जेसीजका पुर्व राष्ट्रिय कार्यकारिणि उपाध्यक्ष तथा बुटवल जेसीजका पुर्व अध्यक्ष जेसी गोपाल प्रसाद अधिकारीले प्रशिक्षण दिनु हुने उक्त तालिमको लागि संयोजक जेसी राजु उप्रेतिले बताउनु भयो ।



JCI News Archive