गणतन्त्र दिवशमा रक्तदान कार्यक्रम

2019-05-29

शनिश्चरे, १५ जेठ । गणतन्त्र दिवशको अवसर पारी अर्जुनधारा जेसिजको आयोजनामा  रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

बुधवार अर्जुनधारा नगरपालीका, शनिश्चरे बजार स्थित ज्येष्ठ नागरीक चौतारीमा सम्पन्न रक्तदान कार्यक्रममा अर्जुनधारा जेसीजका संस्थापक अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि जेसी ईन्दिवर खड््का, बर्ष १४ का अध्यक्ष जेसी वसन्त सोमानि, वर्ष १७ का अध्यक्ष जेसी प्रल््हाद ढुङ्गाना, बर्ष १९ का अध्यक्ष जेसी टिकाराम गौतम लगायत २४ जनाले रक्तदान गरेका थीए ।


खेलकुद संयोजक जेसी प्रेम खड््काकोे संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा जेसीजका संस्थापक अध्यक्ष जेसी ईन्दिवर खड््का, जेसिजका अध्यक्ष जेसी टिकाराम गौतम, बर्ष १८ का अध्यक्ष जेसी अजयकुमार देव तथा शनिश्चरे प्रहरी चौकि ईन्चार्ज श्री राजन खड््का बोलेका थिए ।

जेसिजका अध्यक्ष टिकाराम गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रमका संयोजक प्रेम खड््काले अतिथिहरुलाई स्वागत तथा राजन साम्पाङ राईले कार्यक्रमको औचित्य माथि प्रकाश पारे ।

जेसिज आस्था वाचन उपाध्यक्ष जेसी विमला भट्टराईले गरिन भने कार्यक्रम सञ्चालन महासचिव भास्कर भट्टराईले गरेका थिए ।

JCI News Archive