बुटवल जेसीजको तालिम सप्ताह : छैठौ‌ दिन SDG FOR BETTER SOCIETY विषय तालिम सम्पन्न

2019-06-01

बुटवल जेसीजले तालिम सप्ताहको छैठौं दिन SDG FOR BETTER SOCIETY विषय तालिम सम्पन्न गरेको छ । बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोर्ड अफ ट्रष्टिजका अध्यक्ष सिनेटर विन्ध्या केशर जोशी, बुटवल जेसीजका पुर्व अध्यक्ष तथा प्रशिक्षक द्धय सिनेटर गोपाल प्रसाद पाण्डे, जेसी गोपाल प्रसाद अधिकारी, बुटवल जेसीजका निर्वमान अध्यक्ष जेसी यम प्रसाद तिवारी लगाएतका महानुभावहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै बोर्ड अफ ट्रष्टिजका अध्यक्ष सिनेटर विन्ध्या केशर जोशीले तालिम सप्ताहको आयोजना गरेर बुटवल जेसीजका बर्तमान अध्यक्षले उदाहरणिय कार्य गरेको बताउनु भयो ।

कार्यक्रममा बुटवल जेसीजका अध्यक्ष नरदेव न्यौपानेले बुटवल जेसीजका पदाधिकारी तथा जेसीज सदस्यहरुलाई दिगो विकास लक्ष्यको बारेमा प्रष्ट पार्न उक्त तालिमको आयोजना गरिएको जानकारी दिनु भयो ।

तालिममा UNDP का कार्यक्रम विश्लेशक इन्जिनियर सुदिप अर्यालले प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गर्नु भएको थियो ।

कार्यक्रम संयोज जेसी प्रकाश शर्माले स्वागत मन्तब्य तथा जेसी मुक्ति राम पन्थिले आस्था बाचन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन बुटवल जेसीजका महासचिव जेसी राजिव गौतमको सञ्चालनमा भएको थियो ।बुटवल जेसीजले सञ्चालन गरेको तालिम सप्ताहको निर्देशकको रुपमा उपाध्यक्ष तथा नेपाल जेसीजका प्रशिक्षक जेसी रमेश अर्याल रहनु भएको छ ।


JCI News Archive